बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नवलपुरमा बलात्कारका घटनामा दोब्बरले बृद्धि

नवलपुरमा बलात्कारका घटनामा दोब्बरले बृद्धि


  • ढोरपाटन संवाददाता
  • साउन १३ २०७८, बुधबार

नवलपुर, १३ साउन– नवलपुरमा बलात्कारजन्य यौन हिंशा र यौन दुब्र्यवहारका घटनामा दोब्बरले बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ को तुलनामा गत आर्थिक वर्ष ०७७–०७८ मा बलात्कार, यौन हिंसा र यौन दुब्र्यवहारका घटनाका मुद्धा दोब्बर हाराहारीमा दर्ता भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले सार्वजनिक गरेको तथ्याङ्कमा आर्थिक बर्ष २०७७÷०७८ मा जबरजस्ती करणीमा ३१ वटा मुद्धा दर्ता भएका थिए । अघिल्लो आर्थिक बर्षमा जम्मा १६ वटा मात्रै मुद्धा दर्ता भएको थियो । यो तथ्याङ्कलाई हेर्दा जवरजस्ती करणीका मुद्धामा ९४ प्रतिसतले बृद्धि भएको हो ।
प्रहरी कार्यालयमा दर्ता भएका गत बर्षका ३१ र अघिल्लो बर्षका १६ वटा मुद्धा फछ्र्योट भएको जनाईएको छ ।
एक वर्षमै बलात्कारजन्य घटनामा दर्ता बृद्धि हुनुमा पिडीतलाई कानूनप्रतिको बिश्वास बढ्नुका साथै अपराध सहन वा लुकाउन हुन्न भन्ने सचेतना प्रमुख पक्ष भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एवं एसपी प्रकाश मल्ल बताउँछन् ।
प्रहरीप्रतिको भरोसा र नागरिकको चेतनामा आएको परिवर्तनले मुद्धा दर्तामा बृद्धि भएको मात्रै नभई यस्ता किसिमका घटनाहरु वढेको समेत एसपी मल्ल स्वीकार्छन् । उनी भन्छन्– “पछिल्ला घटना हेर्दा धेरैजसो महिला तथा बालबालिकाहरु आफ्नै नजिकका नातेदार, आफन्त र चिनेजानेकाबाटै सुरक्षित छैनन् । सामाजिक सञ्जालको बढ्दो दुरुपयोग र अश्लिल सामग्रीको प्रभाव, देखासिकी र साथी–संगतको प्रभाव, बिभिन्न प्रलोभनहरु जस्तै– विवाह, पैसा, रोजगारका लोभका कारणबाट प्रभावित भएर घटना हुने गरेको अनुसन्धानबाट खुल्ने गरेको छ ।”

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->