नवलपुर/नवलपुरमा गैंडा मृतावस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर अन्तर्गत कावासोती नगरपालिका– ७ को नमूना मध्यवर्ती सामुदायिक वनमा पोथी गैंडा मृतावस्थामा भेटिएको हो ।
पिठौलीस्थित सामुदायिक वनको पश्चिम गेटमा बुधवार बिहान वन हेरालुले गैंडा मरेको अवस्थामा देखेपछि निकुञ्ज प्रशासनमा खबर पुगेको हो । मृते गैंडाको खाग र खुर भने सुरक्षित छ ।
प्रारम्भिक अनुसन्धानबाट गैंडा रोगी र कमजोर रहेको चितवन राष्ट्रिय निकुञ्जका चिकित्सक डा. विजयकुमार श्रेष्ठले बताएका छन् । बन क्षेत्रबाट बस्तीमा गैंडा नपसोस् भनेर लगाईएको बिद्युतीय तारमा छोईएर विघुतीय झटका लागेर कमजोर र रोगी गैंडा मरेको हुनसक्ने समेत डा. श्रेष्ठले गरेको प्रारम्भिक अनुसन्धानमा उल्लेख गरिएको छ ।
योसँगै चालु आ.व. ०७८–७९ मा चितवन राष्ट्रिय निकुञ्जमा ४ वटा गैंडा मरेका छन् ।





