बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

रिलायन्स इन्स्योरेन्सले दियो १५ लाख ७५ हजार मृत्यु दावी भुक्तानी

रिलायन्स इन्स्योरेन्सले दियो १५ लाख ७५ हजार मृत्यु दावी भुक्तानी


  • ढोरपाटन संवाददाता
  • साउन २२ २०७८, शुक्रबार

पोखरा २२ साउन – रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले १५ लाख ७५ हजार मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ ।

पोखरा महानगरपालिका ३२ का रामकृष्ण भुजेलको मृत्यु पश्चात् कम्पनीको नियम अनुरुप सो दावी भुक्तानी रकम विमितको इच्छाइएको व्यक्ति धर्मपत्नी सरु भुजेललाई हस्तान्तरण गरेको हो ।

पोखरा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की रकम हस्तान्तरण गदै अभिभावक नभएकाको लागि वडाले पनि संरक्षण गर्ने बताए ।

उनले अभिवावक नभएका बालकालिकाका लागि वडाले निशुल्क पढाउने व्यवस्था गरेको बताए ।

रामकृष्ण भुजेलको चैत ११ गते दासढुङ्गामा सवारी दुर्घटनामा परि मुत्यु भएको थियो । गत असोजमा भुजेलले छोराको विमा गराएका थिए ।

आगामी प्रत्येक महिनामा मासिक १५ हजार छोरालाई खर्च कम्पनीले दिने छ । मासिक अवधि १४ वर्षमा सकिनेछ ।

१४ वर्षमा पुन मृतकका परिवारले १५ लाख र बोनस पाउने छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->