बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कालीगण्डकी डाइभर्सन कुनै हालतमा हुँदैन : मुख्यमन्त्री

कालीगण्डकी डाइभर्सन कुनै हालतमा हुँदैन : मुख्यमन्त्री


  • ढोरपाटन सम्वाददाता
  • साउन २४ २०७८, आइतबार

नवलपुर/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले कालीगण्डकी डाइभर्सन कुनै सन्दर्भमा पनि हुन नदिने बताएका छन् । गृहजिल्ला नवलपुर पुगेर उनले कालीगण्डकीमा जलयातायातको सम्भाव्यता अध्ययन गर्न प्रदेशले विनियोजन भइसकेको अवस्थामा कुनै पनि हालतमा डाइभर्सन हुन नदिने जिकीर गरेका हुन् ।
गैंडाकोट नगरपालिका १ को नवदुर्गा आधारभूत विद्यालयको नवनिर्मित भवन उद्घाटनका क्रममा मुख्यमन्त्री नेपालीले सो कुरा बताएका हुन् । ‘नारायणी नदीमा त्रिवेणीसम्म र कालीगण्डकीमा समेत जल यातायातको सम्भावनाको अध्ययनका लागि बजेट भइसकेको छ,’ उनले भने, ‘अहिले सरकारको नेतृत्व नेपाली कांग्रेसले गरिरहेको हुँदा डाइभर्सन हालतमा हुन दिँदैनौं ।’
तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले कालीगण्डकी डाइभर्सन गरेर लुम्बिनी प्रदेशमा सिँचाइ गर्ने योजनासहित कार्यालय नै उद्घाटन गरेपछि सर्वत्र विरोध हुँदै आएको छ । अन्तरप्रदेश सम्वाद र सहमतिबिनै योजना ल्याइएको र कार्यालय उद्घाटन गरिएको भन्दै प्रदेशवासी विरोधमा उत्रिएका हुन् ।
फरक प्रसंगमा मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले जनतासामु आफूले गरेको वाचा पूरा गर्ने बताएका छन् । उनले अत्याधिक सडक दुर्घटना हुने जिल्लाको सूचीमा रहेको नवलपुरमा ट्रमा सेन्टर स्थापना गर्ने योजना प्राथमिकतामा राख्दै डिपिआरको काम थालिएको बताए ।
मुख्यमन्त्री नेपालीले गण्डकी प्रदेश पनि कोभिड महामारी र बाढि पहिराको चपेटाबाट परेको भन्दै सबै नागरिकलाई खोप दिलाउन सरकार प्रतिवद्ध रहेको बताए । उनले मनाङ र मुस्ताङका १८ वर्षमाथिका सबै नागरिकले खोप पाइसकेको र अरु जिल्लामा पनि ३५ प्रतिशत हाराहारीले खोप लगाएको बताए । बाढी, पहिरो प्रभावितका लागि उद्वारसहित आवास व्यवस्थापनका लागि प्रदेश सरकारले ध्यान पु¥याइरहेको उनको दाबी थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->