बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ढिलोचाँडो राजसंस्थासहित हिन्दुराज्य : राप्रपा अध्यक्ष थापा

ढिलोचाँडो राजसंस्थासहित हिन्दुराज्य : राप्रपा अध्यक्ष थापा


  • ढोरपाटन सम्वाददाता
  • साउन २५ २०७८, सोमबार

नवलपुर/पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा ढिलोचाँडो राजसंस्थासहित आइछाड्ने ठोकुवा गरेका छन् ।
‘हिन्दुराज्य सहितको राजसंस्थाको एजेण्डाबाट राप्रपा कहिल्यै विचलन भएन’,उनले भने,‘ अहिले ठूला राजनैतिक दलमा समेत यही (राजा र हिन्दुराज्य) विषयमा चर्चा र छलफल चलेकाले सम्भावना बलियो बन्दै गएको छ, राजतन्त्र र हिन्दुराज्य ढिलोचाँडो आउँछ ।’
अध्यक्ष थापा आइतबार राप्रपा केन्द्रीय कार्य सम्पादन समितिका सदस्य बलराम थापा मगरको स्मृतिमा नवौं पुण्य तिथिमा नवलपुरमा आयोजित श्रद्धाञ्जली सभापछि पत्रकारहरुसँग बोल्दै थिए ।
उनले आसन्न महाधिवेशनमा सभापति पदका दावेदार बीपीपुत्र एवं कांग्रेसका महामन्त्री डाक्टर सशांक कोइरालाले हिन्दुराज्य संस्थागत गर्ने विषयलाई महत्व दिँदा जनमत हिन्दुराज्य र राजसंस्थाको पक्षमा खिचिएको जिकिर गरे । नवलपुर सशांकको चुनावी क्षेत्र पनि हो । उनले नेकपा (एमाले) भित्र पनि संघीयताको खारेजीसम्मको विषय उठान भएकाले राजसंस्था र हिन्दुराज्यको पक्षमा जनमत बनेको जिकिर गरे ।
थापाले प्रधानमन्त्री फेरिनुले तात्विक भिन्नता दिन नसक्ने भन्दै बताउँदै राजनीतिक जटिलताको निकास छिटो चुनाव नै भएको दोहो¥याए । राष्ट्रिय सहमतिको सर्वदलीय सरकार बनेमा राप्रपाको भूमिका के हुने भन्ने संचारकर्मीको प्रश्नमा उनले भने,‘राप्रपा सरकारमा जाँदैन, हामी छिटो चुनाव होस् भन्ने चाहन्छौं ।’राप्रपा जिल्ला कार्य समिति नवलपुरका अध्यक्ष दलबहादुर केसीको अध्यक्षता, सचिव गुनाखर काफ्लेको संचालन र परिवारको तर्फबाट सूपुत्री वर्षा थापाको धन्यवाद ज्ञापन रहेको कार्यक्रममा राप्रपाका केन्द्रीय नेता नीलकण्ठ काफ्ले, गण्डकी प्रदेश कार्यसमिति अध्यक्ष हेमजंग गुरुङ, केन्द्रीय कार्य सम्पादन समिति सदस्य विन्दु पहाडी, ताहिर अलीलगायतले स्वर्गीय बलराम थापाको बारेमा चर्चा गरेका थिए । कावासोती २ निवासी थापाको साउन १६ गते ५९ वर्षको उमेरमा निधन भएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->