बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

परिवारको आरोप : बलात्कारपछि हत्या

परिवारको आरोप : बलात्कारपछि हत्या


  • ढोरपाटन संवाददाता
  • साउन २६ २०७८, मंगलबार

नवलपुर/ केटा साथीसँग होटमा गएकी १७ वर्षीया किशोरीको मृत्युको घटना बलात्कारपछि हत्या भएको भन्दै प्रहरीमा उजुरी परेको छ ।पश्चिम नवलपरासी रामग्राम नगरपालिका १२ की १७ वर्षीया किशोरीलाई विनयी त्रिवेणीस्थित एक होटलमा लगेर बलात्कारपछि हत्या गरेको भन्दै परिवारको उजुरी परेको हो ।

किशोरीका बाबुले होटलमा लैजाने १७ वर्षीय किशोरविरुद्घ बलात्कार र कर्तव्य ज्यान मुद्दामा उजुरी दर्ता गरेका जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।शुक्रबारआरोपी किशोरले १७ वर्षीया किशोरीलाई त्रिवेणीमा रहेको होटल शाही प्यालेसमा लिएर गएको केही बेरमा किशोरीको स्वास्थ्यमा समस्या आएको थियो । होटलमा गएको केहीबेरमै ती किशोरीको स्वास्थ्यमा समस्या आएपछि शहिद स्मृति अस्पताल चौपत्ता पु¥याइएको थियो । तर, अस्पतालले भने किशोरीलाई मृत घोषणा गरेको थियो ।

किशोर अझै फरार

आफूसँगै होटल गएकी किशोरीको मृत्यु भएलगत्तै फरार भएका ती किशोरलाई अझै पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।मृतक किशोरीका बुबाले पश्चिम नवलपरासी प्रहरीमा दिएको उजुरी नवलपुर प्रहरी कार्यालयमा प्राप्त भएको र घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलीपकुमार गिरीले बताए ।

गिरीका अनुसार मृत किशोरीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पोष्टर्माटम गरिएको र शव परिवारलाई हस्तान्तरण गरिएको छ । प्रहरीले आफ्नोतर्फबाट अनुसन्धान हत्या भएकै दिनबाट सुरु गरेको जनाएको छ ।
होटल सञ्चालक तथा फरार किशोरका साथीहरु र किशोरले प्रयोग गरेको मोटरसाईकल धनीसँग यसअघि नै सोधपुछ गरिएको र पोस्टर्माटम रिपोर्ट आएपछि थप कुराहरु बताउन सकिने गिरीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->