बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

पुरुष राष्ट्रिय फुटबल टोली पोखरा आइपुग्यो

पुरुष राष्ट्रिय फुटबल टोली पोखरा आइपुग्यो


  • विजय नेपाली
  • साउन २६ २०७८, मंगलबार

पोखरा २६ साउन–एशियन कप छनोट तथा १३ औँ साफ च्याम्पियनसिप तयारीमा रहेको नेपाली पुरुष राष्ट्रिय फुटबल टोली पोखरा आइपुगेको छ ।

पोखरा आएको टोलीले करिब एक महिना पोखरामा विताउने छन् । टोलीमा किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, अर्पण कार्की र विशाल सुनार रहेका छन् ।

यस्तै रजिन धिमाल, सुमन अर्याल, रणदीप पौडेल, दिनेश राजबंशी, गौतम श्रेष्ठ, राजीव लोपचन, अनन्त तामाङ, रोहित चन्द,सुरज जेउ ठकुरी,सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, पुजन उपरकोटि,विशाल राई,

सन्तोष तामाङ, संजोग राई, विक्रम लामा, सुजल श्रेष्ठ, त्रिदेव गुरुङ, सुनिल बल, मनीष डाँगी, जर्ज प्रिन्स कार्की, अञ्जन विष्ट, आयुष घलन,नवयुग श्रेष्ठ,आशिष लामा, भरत खवास, अभिषेक रिजाल,

सेसेहाङ आंगडेम्बे र शिशिर लेखी टोलीमा रहेका छन् । यस्तै यस अघि काठमाण्डौँमा प्रशिक्षणमा रहेका प्रकाश बुढाथोकी र एरिक विष्ट भने पोखराको प्रशिक्षणमा सामेल छैनन् ।

उनीहरुको स्थानमा शिशिर लेखी र सेसेहाङ आंङडेम्बे रहेका छन् । टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरी भने यस अघि नै पोखरा आइसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->