तनहुँ/तनहुँमा घरको छतबाट खस्दा नेपाली सेनाका हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–३ देउरालीनगरका ३६ वर्षीय लक्ष्मण थापा रहेका छन् ।
गएराती घरको छतबाट खसरे घाईते थापाको दमौली अस्पतालमा उपचारको क्रममा गएराती नै मृत्यु भएको डिएसपी युवराज तिमिल्सिनाले बताए ।
उनी खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीमा कार्यरत थिए । १५ दिनका लागी विदामा रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान चलिरहेको जनाईएको छ ।





