बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

किशोरी हत्याको आरोपमा १४ महिनापछि पक्राउ

किशोरी हत्याको आरोपमा १४ महिनापछि पक्राउ


  • ढोरपाटन सम्वाददाता
  • भाद्र ७ २०७८, सोमबार

पोखरा/ जबर्जस्ती करणीपछि हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पक्राउ पर्नेमा स्याङ्जा हरिनास गाउँपालिका ६ चालिसेका ४५ वर्षीय राम बहादुर थापा ९मोटे० भनेर चिनिने खड्कबहादुर खवास छन् ।
खवासलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार स्याङ्जा पुतलीबजार ४ शिवमन्दिर चोकबाट स्याङ्जा प्रहरीको सहयोगमा पक्राउ गरेको हो । उनलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

खवासमाथि कास्कीको मादी गाउँपालिका १० मकै खोलामा मामा घरमा बस्दै आएकी १७ वर्षीय एक युवती अघिल्लो असारमा बलात्कारपछि हत्या गरेको आरोप छ । मादी, ९ सिप्लेबेंशी खास घर भए पनि बाबुआमासँग सम्बन्ध बिग्रिएका कारण मामाघरमा हजुरआमासँगै बस्दै आएकी ती युवतीको असार २५ गते कुहिएको अवस्थामा शव भेटिएको थियो ।

घटना घटेको १४ महिनापछि जिल्ला प्रहरी कास्कीले स्याङजा प्रहरीको सहयोगमा खवासलाई पक्राउ गरेको हो । स्याङजाका खवास मादी गाउँपालिकास्थित जनकल्याण मावि भवन निर्माणमा ज्यामी काम गर्दै आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

कामकै सिलसिलामा ती युवतीसँग भेट भएको र पटकपटकको यौन सम्पर्कपछि बिहे गर्न दबाब दिएकाले आवेशमा आएर हत्या गरेको प्रहरीमा बयान दिएको उनले हमालले बताए ।
‘खवासको पहिल्यै २ वटा श्रीमति रहेछन् । बयानका क्रममा करिब एक महिनाअघिबाट यौन सम्पर्क राख्दै आएको तर, पछि बिहे गरेर सँगै बसौं भनेपछि आवेशमा आएर हत्या गरेको बयान दिएकाछन्,’ प्रवक्ता हमालले भने, ‘कर्तव्य ज्यान मुद्दामा कास्की जिल्ला अदालतबाट दश म्याद थप अनुमति लिएर अनुसन्धान प्रकृयाअगाडि बढाएका छौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->