सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

आगामी तीन दिन भीषण वर्षाको सम्भावना, सजगता अपनाउन आग्रह

आगामी तीन दिन भीषण वर्षाको सम्भावना, सजगता अपनाउन आग्रह


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०७८, शुक्रबार

काठमाडौं/ पूर्वदेखि पश्चिम मनसुन फेरि सक्रिय भएकाले शुक्रबारबाट नेपालका पहाडी तथा तराई क्षेत्रमा तीन दिन भीषण वर्षा हुने सम्भावना रहेको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार प्रेस विज्ञप्ति जारी गरी बिहीबारदेखि शनिबारसम्म पानी पर्ने भन्दै ती क्षेत्रका र आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

हाल मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकोले भीषण वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्राधिकरणले जोखिम क्षेत्रका वस्तीहरूको आकलन गरी सुरक्षित स्थानमा सर्न पनि स्थानीय तहलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->