पोखरा/कास्की जिल्ला हक्की संघको अध्यक्षमा मिलन केसी चयन भएका छन् । कास्कीमा निस्क्रिय रहेको हक्की संघलाई सक्रिय बनाउने लक्ष्यका साथ नयाँ कार्यसमिति बनेको हो । संघको बुधवार भएको अधिवेसनले १० सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
संघको प्रथम उपाध्यक्षमा भरत थापा, द्वितीय उपाध्यक्षमा सनमन श्रीमल, सचिवमा बुद्धिबहादुर खत्री, कोषाध्यक्षमा राजन श्रेष्ठ र सदस्यहरुमा मनोज शिल्पाकर, शान्ति गुरुङ, बुद्ध गुरुङ, सोमबहादुर थापा र नविन गुरुङ सर्वसम्मत चयन भएका हुन् ।
समितिको कार्यकाल आगामी ३ वर्षका लागि हुनेछ । यस्तै समितिले ३ सदस्य बैठक बस्दै आमन्त्रण गर्नेछन् । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँले पोखरामा हक्की खेलको प्रचुर सम्भावना भएको बताए ।
उनले हक्की मैदानका लागि पहल गर्ने बताए । नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काको अध्यक्षतामा सम्पनन अधिवेसनमा पोखरा महानगरपालिका खेलकुद विकास समिति अध्यक्ष दिपक गोदार लगायतको सहभागिता रहेको थियो ।
गठन पश्चात नै कार्यसमितिको पहिलो बैठक समेत बसेको छ । बैठकले खेल व्यवस्थापन तथा खेल सामग्री माग गर्ने देखि अधिवेसन सम्पन्न गर्नेलाई धन्यवाद व्यक्त गर्ने निर्णय गरेको छ ।





