आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

सातै प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना

सातै प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना


  • ढोरपाटन संवाददाता
  • भाद्र २१ २०७८, सोमबार
फाईल तस्विर

काठमाडौं/ मौसम पूर्वानुमान महाशाखाका अनुसार उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेकाले देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ । भीषण वर्षाका कारण पहाडी भूभागमा पहिरो र नदी तथा खोलामा पानीको बहाव बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार सोमबार देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही र प्रदेश १, बागमती तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->