पोखरा/ पोखरा इन्जिनियरिङ कलेजमा अध्ययनरतम डिप्लोमा, बि ई र मास्टर्स तहका करिब ८५० जना विद्यार्थीहरुलाई जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीको सहयोगमा एस्ट्राजेनिका खोप लगाइएको छ । विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरुले भौतिक र अनलाइन परीक्षा दिइरहेका छन भने कतिपयको परीक्षा केही दिनमा सञ्चालन हुनेछन् ।
विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गरी कलेजले जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीको सहयोगमा परीक्षा दिइरहेका विद्यार्थीहरुको लागि कलेज प्रांगणमै खोपको व्यवस्थापन गरेको थियो । कोरोना कहरकै कारण प्राविधिक जस्तो गहन विषयलाई लामो समयदेखि अनलाइन माध्यमद्वारा अध्यापन गराउँदा प्रभावकारी नभएको र खोप लगाइसकेपछि परीक्षा सकिए भौतिक रुपमै नियमित कक्षा सञ्चालन गर्न सकिने प्रिन्सिपल आ. रोजना जोशीले बताइन् । ‘अब प्राकृतिक सेसनहरु पनि चलाउन सजिलो हुनेछन्,’ उनले भनिन् ।
कलेजले कोभिड १९ प्रोटोकोलको पूर्ण पालना गरी खोप लगाउने व्यवस्था मिलाएको थियो । खोप १८ वर्ष उमेर पुगेका वा सो भन्दा माथिका विद्यार्थीहरुलाई मात्र लगाइएको थियो । खोप केन्द्रामा स्वयंसेवकको रुपमा कलेजका शिक्षक तथा विद्यार्थीहरुले सहयोग गरेका थिए ।




