पोखरा/ फोटोग्राफर संघ, गण्डकीले आयोजना गरेको अनलाइन फोटोग्राफी प्रतियोगितामा पोखराकी सिर्जना भुर्तेल (सिरु) उत्कृष्ट भएकी छन् । संघले आफ्नो तेस्रो स्थापना दिवशको छेकोमा नतिजा घोषणा गरेको हो ।
प्रतियोगितामा देशैभरबाट १४५ फोटो प्रतिस्पर्धीले भाग लिएका थिए । संघको फेसबुक पेजमा अपलोड गरिएका प्रकृति तथा वातावरणसम्बन्धी गण्डकी प्रदेशभित्रै खिचिएका तस्विरहरु समावेश भएका थिए ।
प्रतियोगितामा काठमाडौंका विक्रम न्यौपाने, कास्कीका जीवन ढुंगाना, विष्णुहरि अधिकारी, विमल सुवेदी, दिवस बराल, अर्जुन कुँवर, अनुप गुरुङ, राहुल सुवेदी, पर्वतका सुरेश रेग्मी पर्वत र नवलपुरका यामु कुमाल उत्कृष्ट १० मा परेका थिए ।
फोटो पत्रकार कृष्णमणि बराल र घनश्याम पौडेलको निर्णायक समितिले उत्कृष्ठ ११ फोटो सिफारिस गरेको थियो । निर्णायक समितिले सिफारिस गरेका फोटोहरुलाई कार्यक्रममा घोषणा गरिएको हो । उत्कृष्ट फोटोलाई ५ हजार रुपैयाँ र प्रमाणपत्र ले उत्कृष्ट १० लाई प्रमाणपत्र तथा खादाले संस्थाको साधारण सभामा सम्मान गरिने जानकारी संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेलले दिए ।




