बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

पोखरामा ओलि गर्जन: ‘१० बुँदे श्राद्धमा बिरालो बाँधेजस्तो होईन’

पोखरामा ओलि गर्जन: ‘१० बुँदे श्राद्धमा बिरालो बाँधेजस्तो होईन’


  • ढोरपाटन संवाददाता
  • भाद्र २२ २०७८, मंगलबार

पोखरा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति श्राद्धमा बिरालो बाँधेजस्तो नभएको भन्दै जस्ताकोतस्तै कार्यान्वयन नहुने बताएका छन् ।

माधव नेपाल समूहबाट एमालेमै फर्केका नेताहरुले १० बुँदे सहमति अक्षरशः पालना हुनुपर्ने माग गरिरहेको बेला ओलीको पोखरा आएर आफ्नो भनाइ सार्वजनिक गरेका हुन् ।

१० बुँदेलाई एकताको आधार मानेर गएका नेताहरुलाई लक्षित गर्दै २०७५ साल जेठ २ गते उही रुपमा नफर्किने पनि बताए ।

‘हामीले १० बुँदे भन्ने छ अहिले, १० बुँदे समस्या समाधान गर्न हो, खडा गर्न हैन । जसो गर्दा समस्या समाधान हुन्छ, त्यही गर्नुहोस् न, त्यही हो’, पोखरामा मंगलबार कार्यकर्तालाई संवोधन गर्दै उनले भने,‘ जेठ २ गते जस्ताकोतस्तै कसरी फर्कन्छ, जस्ताकोतस्तै त फर्कदै फर्कँदैन । जेठ २ गते भनेको के कुरा हो भने, नेकपा एमाले र माओवादी केन्द्र दर्ता बदर भएकाले अलग अलग भए । तर एमाले र माओवादी सर्लक्क अलग भएको हैन एकता कायमै छ ।’

उनले माओवादी र एमालेको एकीकरणको निरन्तरता भएको र एकीकरणपछि पार्टीको नाम अहिले एमाले भएको जिकिर गरे । प्रचण्ड गुट अलग भएर गएपनि माओवादीबाट आएका थुप्रै मान्छे एमालेमै रहेकाले एकता कायमै रहेको उनको भनाई थियो । उनले कतिपय ठाउँमा विनासित्ती जेठ २ को कुरा उठाइएको बताउँदै जेठ २ भनेको श्राद्धमा बिरालो बाँधेजस्तो नभएको पनि जिकिर गरे ।

‘श्राद्धमा बिरालो बाध्ने भन्ने छ नि यो त्यस्तो हैन,यो पार्टीलाई गतिशिल बनाउन गरिएको हो, कसैसँग पार्टीको सम्झौता हैन’,उनले भने,‘हामीले बनाएको कार्यदल थियो,माधव नेपाललाई पार्टीमै राख्न,क्षति रोक्न बनाइएको कार्यदल थियो, माधव नेपालले अस्वीकार गरे, भ्रममा परेका साथीहरुलाई पनि ल्याउँदै सँगै लिएर जानको लागि हामीले स्वीकार गरेका छौं । यसलाई हाउगुजीको रुपमा नबुझ्नुहोस् ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->