बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

एमाले विभाजनले मुलुक अस्थिरतातर्फ : सुरेन्द्र पाण्डे

एमाले विभाजनले मुलुक अस्थिरतातर्फ : सुरेन्द्र पाण्डे


  • ढोरपाटन संवाददाता
  • भाद्र २२ २०७८, मंगलबार

पोखरा – नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले कम्युनिष्ट पार्टीको आन्तरिक झगडासँगै विभाजनले मुलुक अस्थिरतातर्फ धकेलिएको बताएका छन् । मंगलबार पोखरामा आयोजित नेकपा एमाले कास्कीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालका कम्युनिष्ट पार्टीमा देखिएको आन्तरिक झगडाले पार्टीमा विखण्डन आएकाले देश अस्थिरतातर्फ गएको बताएका हुन् ।

उनले नेपालमा नेताहरुका आन्तरिक झगडाका कारण पार्टी विभाजन हुदै आएको बताए । ‘कम्युनिष्ट पार्टीमा नेताहरुको आन्तरिक झगडाका कारण पटक पटक पार्टी विभाजन हुदै आएको छ, नेताहरुको आन्तरिक झगडाले सोभियत संघ समेत टुक्रियो,’ उनले भने,‘कांग्रेसमा आन्तरिक झगडा तीव्ररुपमा हुदै आएको छ,तर, काँग्रेस विभाजन हुदैन, कम्युनिष्ट पार्टीमा भने नेताहरुको झगडाले पार्टी पटक पटक विभाजन हुन गयो ।’

नेता पाण्डेले नेता माधव नेपालले १० बुँदे सहमतिलाई नमानेर पार्टी विभाजन गरेको आरोप लगाए । उनले नेता नेपालको महत्त्वाकांक्षाका कारण नै पार्टी विभाजन भएको बताए । ‘मैले १० बुँदे सहमति कार्यान्वय गरेर पार्टीका आन्तरिक विवादलाई मिलाउन पटक पटक प्रयास गरे, तर,केही स्वार्थी नेताका कारण पार्टी विभाजन भयो,’ उनले भने ।

नेपा पाण्डेले केही स्वार्थी नेताहरुका कारण पार्टी विभाजन भएपनि सामान्य क्षती भएको बताए । उनले गण्डकी प्रदेशहरूमा सामन्य क्षती भएको बताउँदै केही प्राविधिक कारणले प्रदेश नं. २ मा भने केही बढी क्षति भएको बताए ।

नेता पाण्डेले माधव नेपाल समूहले पार्टी विभाजन गरेर गम्भीर गल्ती गरेको आरोप लगाउदै नेपाल समूहका नेताहरु पार्टीमा फर्किए अझै पनि क्षमादान दिने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->