बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

क्यालिस्थेनिक्स व्यायाममा चासो बढ्न थाल्यो

क्यालिस्थेनिक्स व्यायाममा चासो बढ्न थाल्यो


  • ढोरपाटन संवाददाता
  • भाद्र २७ २०७८, आइतबार

पोखरा/ पोखरामा क्यालिस्थेनिक्स व्यायामप्रति चासो बढ्न थालेको छ । क्यालिस्थेनिक्स एक प्रकारको व्यायाम हो । युवाहरुले बारस्वाड नेपाल नामक क्लब नै बनाएर व्यायाम लागेका छन् ।
उनीहरुले यस्ता व्यायाम गर्ने क्यलिस्थेनिक्स पार्कहरु पनि निमार्ण गर्दै अगाडि बढेका वारस्वाड नेपालका अध्यक्ष जस्पर गुरुङले जानकारी दिए । उनीहरु युवाहरुलाई प्रशिक्षणसमेत दिँदै आएको बताए । अमेरिकाबाट सुरु भएको यो व्यायाममा पुल अप, पुस अप, बक्स जम्प, प्यारालल डिप्स, बर्पी, टायर फ्लीक्स र फार्मर्स क्यारी जस्ता खेल कौशल सिकाउने गर्दछन् ।

उनीहरु पोखरामा सन् २०१६ देखि क्यालिस्थेनिक्स गर्दै र सिकाउँदै आएको बताए । क्यालिस्थेनिक्स गर्नका लागि पार्क आवश्यक हुने उनको भनाइ छ । अहिले पोखरामा क्यालिस्थेनिक्सका करिब एक सय खेलाडी छन् ।
विशेषगरी हातको शक्तिले शारीरिक व्यायाम गर्नुलाई क्यालिस्थेनिक्स भनिन्छ । यो खेलमा शारीरिक सुगठन र जिम्न्यास्टिक खेलका विशेषता मिश्रित हुने र अहिले साहसिक खेलका रुपमा चिनिन थालेको वारस्वाड नेपालका सदस्य विनेक खड्काले बताए । पोखराको मियापाटन, चाउथे, विरोटा, लेकसाइड लगाएतका ठाउँमा पार्क बनाएर व्यायाम गर्ने गरेको उनले बताए ।

क्यालिस्थेनिक्स व्यायामले जीवनमा धेरै सकारात्मक परिवर्तनहरू ल्याउने गरेको खेलाडी विधान रेग्मीले बताए । उनले पार्कको निर्माण गर्न सरकारले सहयोग गर्नुपर्ने माग राखे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->