आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

६ जनाको हत्यामा संलग्न अभियुक्त लोकबहादुर कार्की सार्वजनिक

६ जनाको हत्यामा संलग्न अभियुक्त लोकबहादुर कार्की सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • भाद्र २७ २०७८, आइतबार

काठमाण्डौ/ प्रहरीले मादी नगरपालिका–१ खोलागाउँमा एकै परिवारका ६ जना हत्या गर्ने लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको छ ।

संखुवासभाको सदरमुकाम चैनपुरमा १ नम्बर प्रदेश प्रहरी कार्यालयमा पत्रकार सम्मेलनमार्फत प्रहरीले अभियुक्त कार्कीलाई सार्वजनिक गरेको हो ।

व्यक्तिगत रिसइवीका कारण लोकबहादुरले सोमबार बिहा झिसमिसेमा १३ दिने दाजुभाइ खलकका ६ जनाको हत्या गरेका थिए ।

हत्या भएकामा ५८ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, ३२ वर्षीया बुहारी रञ्जना कार्की, तेजबहादुरका ११ वर्षीय नाति दीपेन कार्की र सात वर्षीया नातिनी गोमा कार्की छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->