बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

दर्शनार्थीलाई खुल्यो ढोरबाराही

दर्शनार्थीलाई खुल्यो ढोरबाराही


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०७८, सोमबार

तनहुँ/ बन्द रहेको तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल ढोरबाराही मन्दिरको ढोका दर्शनार्थीका लागि खुलेको छ । आइतबारदेखि मन्दिर खुलेको हो । अब दर्शनार्थीले मन्दिरभित्रै पूजा अर्चना गर्न पाउने भएका छन् ।

कोभिड संक्रमण बढेसँगै वैशाख दोस्रो सातादेखि मन्दिर दर्शनार्थीका लागि बन्द थियो । शुक्लागण्डकी नगरपालिका–९, बाजस्थलमा रहेको मन्दिरमा स्वास्थ्यको मापदण्ड अपनाएर पूजा अर्चना गर्न दिएको पुजारी चिरञ्जीवि लम्सालले बताए । निषेधाज्ञाको समयमा नित्य पूजाबाहेक दर्शनार्थीलाई प्रवेश निषेध गरिए पनि भक्तहरु आएर बाहिरैबाट पूजा गरेर फर्कने गरेको उनले बताए ।

आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वासका साथ ढोरबाराही मन्दिरको दर्शनका लागि भक्तजन टाढा टाढाबाट आउने गर्छन । मन्दिरमा तनहुँसँगै छिमेकी जिल्ला कास्की, स्याङजा, लमजुङ, पाल्पा, गोरखा, चितवन, नवलपरासी लगायत मुलुकका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।

जंगलले चारैतिर घेरिएको पहाडको बिचमा मनोरम स्थानमा मन्दिर अवस्थित छ । मन्दिरसँगै रहेको पोखरी र पोखरीमा रहेको माछाले यहाँको आस्था बढाएको छ । ढोरबारहीमा रहेको पोखरीमा बेला बेला लहरी छुट्ने गर्दछ । रहस्यमी लहरीलाई धार्मिक आस्थाको धरोहरका रुपमा लिइन्छ ।

ढोरबारही मन्दिरलाई भगवान् विष्णुको तेस्रो अवतार हो । मन्दिर जीर्णोद्धारका क्रममा फेला परेका घण्टाहरुमध्ये एउटा घण्टामा नेवारी भाषामा नेपाल संवत ९६७ लेखिएको थियो । यसैको आधरमा पनि मन्दिर निकै पुरानो रहेको पुष्टि हुन्छ । स्कन्दपुराणको हिमवतखण्डमा ढोरबाराहीको महिमाबारे चर्चा गरिएको छ ।
मन्दिरमा नयाँबर्षको दिन, वैशाख महिनाभर, बडादशैं चैतेदशैंको नवदुर्गा अवधिभर, श्रीपञ्चमी र हिउँदयाम विशेष पूजाअर्चनाका लागी दर्शनार्थीको अत्याधिक भीड लाग्ने गर्दछ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->