तनहुँ/ तनहुँमा टिकटक बनाउने क्रममा सेती नदीमा खसेर एक युवती बेपत्ता भएकी छन् । मंगलबार दिउँसो शुक्लागण्डकी नगरपालिका–८ लालिमकी पवित्रा लम्साल बेपत्ता भएकी हुन् ।
सोही वडाको सेतीको किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउदा उनी नदीमा खसेको ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले बताए । उनी सहित दुई जना साथी पनि थिए ।
लम्साल नदीमा खसेपछि प्रहरीलाई दिउँसो २ बजे खबर भएको थियो । नदीतर्फ जादै गर्दा लम्साललाई उनका साथीले चिच्याउँदै ‘नजा भनेको के’ भनेको सार्वजनिक एक भिडियोमा सुनिन्छ । बेपत्ता उनको प्रहरीले खोजी रहेको प्रहरी निरिक्षक खड्काले जानकारी दिए ।





