बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

बगैचा टोल विकास संस्था बैदाममा : मिना ढकाल

बगैचा टोल विकास संस्था बैदाममा : मिना ढकाल


  • ढोरपाटन संवाददाता
  • भाद्र ३० २०७८, बुधबार

पोखरा,३० भदौ– बगैचा टोल विकास सस्थापोखरा महानगर पालिका वडा न ६ बैदामको अध्यक्षमा पुनः मिना ढकाल चयन भएकी छन ।

संस्थाको बुधबार सम्पन्न प्रथम अधिवेशन तथा दोस्रो साधारणसभाले ढकालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतिले चयन गरको हो ।

संस्थाको उपाध्यक्षमा उर्मिला ढकाल सचिवमा रेनु थापा लामिठाने, कोषाध्यक्षमा राम ढकाल र सह सचिवमा रमाशिवभक्ती चुनिएकी छन् ।

यस्तै सदस्यहरुमा बासु बराल, चन्द्रकला घिमिरे पहारी, गौमाता कुवँर, मिठु गिरी, शोभाखर सुनार, जानुका पौडेल, कृष्ण शाक्य, चन्द्र रानाभाट, हरि ढकाल र सिता पौडेल चयन भएका छन् ।

अधिवेशनको उद्घाटन सत्रमा बोल्दै पोखरा महानगरपालिका ६ का वडा अध्यक्ष जगत बहादुर पहारीले वडा भित्र रहेका २७ वटा टोल विकास संस्थाहरु मध्ये बगैचा टोल विकास संस्था पृथक रहेको बताए ।

संस्थाले समाजमा रहेका विकृति विसंगतिलाई न्युनिकरण गर्दै जनचेतना फैलाउन सहयोग गरको र आफ्नो क्षेत्रमा फोहोर मैला ब्यवस्थापनमा समेत उलेख्य योगदान रहेको प्रस्टाए ।

टोल सुधार समन्वय समिति वैदामका पूर्व अध्यक्ष तथा रेडक्रस बैदामका सभापति गिरीराज अधिकारीले वडा समिति बैदामका पदाधिकारीहरुले गरेको सानो भन्दा सानोकामलाई बढाई चढाई गरि काम गरेको देखाउन सेल्फीखिच्ने मोह बढेकोमा गुनासो पोखेका थिए ।

उनले संस्थाले समाजमा रहेको विकृति विसंगति सहित अन्धविश्वासको बारेमा जनचेतना फैलाउन आग्रह गरे । अध्यक्ष मिना ढकालले संस्थाले महिला स्वरोजगारलाई विशेष प्राथमिकता दिने बताइन् ।

उनले टोल सफा रहेमा टोलवासी स्वस्थ्य रहने भन्दै सरसफाइका कार्यक्रमलाई निरन्तरता दिने बताइन् । कार्यक्रममा उपाध्यक्ष उर्मिला ढकालले स्वागत मनतब्य राखेकी थिइन् ।

यस्तै सचिब रेनु थापा लामिछाने सल्लाहकार प्रेमनारायण अधिकार, सल्लाहाकार बलरामगिरी, मिडिया सल्लाहाकार गणेश पहारी, सदस्य बासु बराल लगाएतले आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा सचिब रेनु थापा लामिछानेले प्रस्तुत गरेको प्रगति प्रतिबेदन र कार्यबाहक कोषाअध्यक्ष बासु बरालले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सभाले सर्वसम्मत पारित गरेको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->