आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सहारा क्लबको अध्यक्षमा सुरज सर्वसम्मत

सहारा क्लबको अध्यक्षमा सुरज सर्वसम्मत


  • विजय नेपाली
  • भाद्र ३० २०७८, बुधबार

पोखरा, ३० भदौ– सहारा क्लब पोखराको अध्यक्षमा सुरज गुरुङ (हरीराम) सर्वसम्मत चयन भएका छन् । पोखरा रंगशालामा बुधबार भएको क्लबको २३ औ वार्षिकोत्सव तथा १२ औ अधिवेशनले गुरुङको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

क्लबको वरिष्ठ उपाध्यक्षमा केशबराज बराल, उपाध्यक्षमा चित्रबहादुर पुन, महासचिवमा रामजी प्रसाद अधिकारी, सचिवमा सुनिल राना मगर, कोषाध्यक्षमा नवराज अधिकारी र सह कोषाध्यक्षमा विनु राना मगर चयन भएका हुन् ।

त्यसतै सदस्यहरुमा रोजिना गुरुङ, .ज्योति केसी, शंकर सुवेदी, अतित गुरुङ, मनमाया तामाङ र मनोज थापा सर्वसम्मत चयन भएका हुन् ।
अधिवेशनको उद्घाटन सत्रमा बोल्दै गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङले आहा गोल्डकपमा सहारालाई विदेशी खेलाडी भित्राउन सहयोग गर्ने बताए ।

‘सहाराले आयोजना गर्ने आहा रारा गोल्डकपमा ४ जना विदेशी खेलाडी आफ्नो टिममा भित्रायो भने २ जनाको खर्च प्रदेश सरकारले दिनेछ’उनले भने ।

उनले आहा गोल्डकपलाई गर्ने सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । क्लबका अध्यक्ष केशव बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमा गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङ, सहारा खेल पत्रकारिता पुरस्कारबाट सम्मानित पत्रकार दिपक परियार लगायतले आफ्नो भनाइ राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->