आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

लागूपदार्थ दुव्र्यसनसहित एचआइभी घटाउने अभियान

लागूपदार्थ दुव्र्यसनसहित एचआइभी घटाउने अभियान


  • ढोरपाटन संबाददाता
  • असोज १ २०७८, शुक्रबार

बागलुङ/ लागूपदार्थ सेवनकर्ताबाट एचआइभी संक्रमण बढ्न थालेकोमा सरोकारवालाको चिन्ता बढेको छ ।
सुइ साटासाट गर्नेबाट एचआइभी बढेको भन्दै त्यसको न्युनिकरण अभियान पनि थालिएको छ । बागलुङमा पनि त्यस्ता युवाहरुको संख्या बढिरहेकोले पहिलो चरणमा सुरक्षित सुइ लगाउने व्यवस्था गर्ने, त्यसपछि आनीबानीमा परिवर्तन गर्ने र शुन्य दरमा घटाउने योजना बनेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।

कम्युनिटी सपोर्ट गु्रपले स्वास्थ्य कार्यालयको सहकार्यमा यो अभियान पनि थालेको छ । बुधबार आयोजित एक कार्यक्रममा बागलुङमा पनि २ सय ४६ देखि ३ सय २५ जनासम्म युवा लागूपदार्थ सेवनबाटै संक्रमित भएको हुन सक्ने आंकलनको आधारमा काम भैरहेको जानकारी दिइयो ।

कार्यक्रममा प्रस्तुतीकरण गर्दै प्रदिप जिसीले कम्तिमा ९० प्रतिशत पहिचान गर्ने, त्यसबाट ९० प्रतिशतलाई एआरटी सेन्टर पु¥याउने र फेरी ९० प्रतिशत भाइरस नियन्त्रण गर्ने योजना सुनाए । त्यसका लागि पहिचान भएपछि आनीबानी परिवर्तन गर्ने, समुदायबाटै समस्या समाधान गर्ने, एटक पटक भेटिएको संक्रमितको नियमित अनुगमन गर्ने, साथी मिलेर सुइ लगाउनेलाई सिंगल दिने, सुइ लगाउने दर घटाउने र शुन्यमा पु¥याउने लक्ष समेत उनले सुनाए । उनका अनुसार अहिलेसम्म बागलुङमा ६७ जना युवा सुइ लगाएर लागूपदार्थ सेवन गर्नेहरु भेटिएको बताइएको छ । ग्रुपले २ सय ३० जनाको रगत परीक्षण गरेर कम्तिमा ३ जना एचआइभी संक्रमित भेटिने गरी खोजी समेत गरेको बताईएको छ ।

एक अध्ययन अनुसार नेपालभर २७ हजारदेखि ३४ हजार लागूपदार्थ सेवनकर्ता युवा छन् । कार्यक्रममा सहभागिले सुइ वितरण गरेर मात्रै समस्या समाधान नहुने भन्दै क्रमशः घटाउने र अत्याधिक अबस्थामा भए कानूनको दायरामा पनि ल्याउनु पर्ने सुझाव दिए । पहिलो चरणमा भने व्यक्ति र परिवारबाटै समस्या समाधान गर्नुपर्ने जिल्ला समन्वय समितिका अधिकृत खिमबहादुर बिकले सुझाव दिए । पुनस्थापना केन्द्रमा राख्ने वा कानूनी कारवाही पनि अगाडि बढाएपछि मात्रै समस्या समाधानतर्फ जाने उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->