पोखरा, १ असोज– पोखरा रंगशालामा भोलि देखि सुरु राष्ट्रिय फुटसल लिग सुरु हुदैँछ । लिगको उद्घाटन खेलमा धरानको द राइजिङ क्लब र काठमाण्डौँको स्काइ गोल्स भिड्दै छन् ।
दिउँसो २ बजे देखि सुरु हुने लिगमा १० टिमको सहभागिता रहेको छ । लिगको सम्पूर्ण तयारी सम्पन्न भएको शुक्रवार आयोजित पत्रकारसम्मेलमा आयोजकले जानकारी दिएको छ ।
आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न १ करोड १८ लाख रुपैँया खर्च लाग्नेछ । लिग विजेताले १० लाख रुपैँया तथा उपविजेताले ५ लाख रुपैँया प्राप्त गर्नेछन् ।





