आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

गुप्तेश्वरमा बारकोड टिकट

गुप्तेश्वरमा बारकोड टिकट


  • ढोरपाटन संवाददाता
  • असोज २ २०७८, शनिबार

पोखरा/ पहिलो पटक बारकोड टिकटको प्रयोग गर्दै पोखरा महानगरपालिका वडा नं. १७ डेभिज फलमा रहेको प्रसिद्ध गुप्तेश्वर महादेव गुफा असोज १ गते पर्यटकको लागि खुल्ला गरिएको छ ।
कोरोनाको प्रत्यक्ष असरमा परेको आन्तरिक तथा वाह्य पर्यटक अत्याधिक आउने गुप्तेश्वर महादेव गुफामा १५ लाख लागतमा अत्याधुनिक बारकोड स्क्यानर गेट राखिएको हो ।पर्यटकले आफुले लिएको टिकटमा भएको बारकोड स्क्यान गरेपछि मात्र गेट खुल्ने भएकोले दैनिक कति पर्यटकको आगमन भयो सजिलै थाहा हुने भएको छ ।

हरेक दिनको पर्यटकको संख्या लगाएत अन्य विवरणहरु पाउन सकिने भएकोले गुफाको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पुग्ने प्रचारप्रसार उपसमितिका सदस्य कृष्ण रानाभाटले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->