आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कस्तो जुत्ता लाएर खेल्ने भन्नेमै हामी अल्मलिएका थियौँ ः प्रशिक्षक तामाङ

कस्तो जुत्ता लाएर खेल्ने भन्नेमै हामी अल्मलिएका थियौँ ः प्रशिक्षक तामाङ


  • ढोरपाटन संवाददाता
  • असोज २ २०७८, शनिबार

पोखरा, २ असोज– राष्ट्रिय ए डिभिजन फुटसल लिग तयारीमा रहेको पोखराको सविन मेमोरियल क्लबले खेलाडीको अन्तिम नामावली सार्वजानिक गरेको छ ।

आज देखि पोखरा रंगशाला स्थित बहुउदेश्यीय कभर्डहलमा आयोजना हुन लागेको ए डिभिजन लिगका लागि क्लबले १४ सदस्यीय खेलाडीको नाम सार्वजानिक गरेको हो ।

टिमको कप्तानी फुटसल राष्ट्रिय खेलाडी समेत रहेका अनुप रानाले सम्हालेका छन् । गोलकिपरमा सुनिल नेपाली, रोमन थापा मगर रहेका छन् । यस्तै आला अर्थात विंगरमा मनिस क्षेत्री,सरोज गुरुङ, विनम गुरुङ, एलन गुरुङ र वरदान ताङ्वे लामा रहेका छन् ।

फिक्सो अर्थात डिफेन्डरमा सन्तोष खवास, संजय जलारी, मनिस सेदी रहेका छन् । यस्तै टिमको मुख्य प्रशिक्षकको जिम्मा फुटबल प्रशिक्षक राजेन्द्र तामाङले सम्हालेका छन् ।

पहिलो पटक फुटसल टिम सम्हालेका तामाङ्ले फुटबल र फुटसलमा धेरै अन्तर रहेको बताए । उनले नेपालमा खेलिने फुटसल भन्दापनि धेरै फरक रहेको र नियम पनि भिन्न रहेको बताए ।

‘यो सबैको लागि नयाँ हो । हामीलाई त जुत्ताको समेत ज्ञान भएन । फुटसलका लागि अर्कै जुत्ता चाहिने रहेछ । गेडी जुत्ताको काम नरहेछ’ उनले भने,

‘खेलाडीले कडा मिहेनत गरिरहेका छन् । मैले टेक्निकल गेम सिकाउने काम मात्र गरे । नियम त बल्ल मैलेपनि बुझ्दै छु ।’ फुटसल नियम अनुसार हुन लागेको यो पहिलो पटक हो ।

नेपाल भर रहेका करिब साढे ३ सय फुटसल आर्टिफिसियल रहेका छन् । उक्त फुटसलहरुमा फुटबलमै राखिने आर्टिफिसियल घासँ राखिन्छ ।

तामाङका अनुसार नेपालमा स्थापना भएका फुटसलहरु मिनि फुटबल रहेको बताए । उनले जापानमा यहाँको फुटसलजस्तो एरिनामा गेडी बुट नै लगाएर खेलाउने गरेको बताए ।

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा हुन लागेको राष्ट्रिय फुटसल लिग सबैका लागि नयाँ र नौलो रहेको छ । यस्लेपनि यो खेल निकै रोमाञ्चक हुने सबैको अनुमान गरिएको छ ।

सविन मेमोरियलले आइतबार फुटसल क्लब ढुकु हवसंग खेल्दै छ । ढुकु फुटसल हव भने विगत ७÷८ वर्षदेखि नै फुटसलमा लागिरहेका कारण आफूहरुलाई केही दबाब सिर्जना हुने उनले बताए ।

ढुकु फुटसलका मुख्य प्रशिक्षक एवम् नेपाल फुटसल व्यवसायी संघका अध्यक्ष राज महर्जनले फुटसल खेल चिनाउनका लागि आफूहरु आएको बताए । उनले प्रतियोगितामा फुटसल कसरी खेलिन्छ भन्ने कुरा फुटसल प्रेमीहरुलाई सिकाउन आफ्नो टिम आएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->