आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

राष्ट्रिय फुटसल लिग : द राइजिङ र स्पोटर्स क्यासलको विजयी सुरुवात

राष्ट्रिय फुटसल लिग : द राइजिङ र स्पोटर्स क्यासलको विजयी सुरुवात


  • विजय नेपाली
  • असोज २ २०७८, शनिबार

पोखरा,२ असोज– पोखरा रंगशाला बहुउदेश्यीय कर्भडहलमा आजदेखि राष्ट्रिय ए डिभिजन फुटसल लिग सुरुभएको छ । लिगको उद्घाटन खेलमा द राइजिङ धरानले मछिन्द्र स्काइ गोल्सलाई ५–४ ले हराएको छ ।

धरानको जितमा पिभोट रिवोस मास्कले २ तथा मिलन लिम्बु, दोर्जे तामाङ र सुदिप गुरुङले समान १÷१ गोल गरे । उता स्काइ गोलका लागि श्रीकृष्ण श्रेष्ठले ह्याट्रिक गरेभने आशिष सुनमले १ गोल गरे । खेलको म्यान अफ दि म्याच रिवोस मास्के घोषित भए ।

यस्तै शनिबार नै सम्पन्न दोस्रो खेलमा पोखरको स्पोटर्स क्यासलले प्रभातफेरी युथ क्लब धरानलाई ७–० गोल अन्तरले पाखा लगायो । क्यासलको जितमा आला सुमित श्रेष्ठ र पिभोट खिमराज गुरुङले समान २–२ गोल गरे भने आला विजय गुरुङ, फिक्सो दिपेश घले र पिभोट किशोर गुरुङले १–१ गोल गरे ।

खेलको म्यान अफ दि म्याच क्यासलका गोलरक्षक विश्वास पौडेल घोषित भए । उनले नगद ५ हजार रुपैँयाको साथमा ट्रफि हात पारे ।
प्रतियोगिता अन्तर्गत आइतबार ३ खेल हुने आयोजकले जानकारी दिए ।

आइतबारको पहिलो खेल लुम्बिनी फुटसल र झरना स्पोटर्स क्लब बिच हुदैँछ । यस्तै दोस्रो खेल फुटसल ५ धरान र शंखमुल फुटसल बिच हुदैँछ भने अन्तिम खेल ढुकु फुटसल हव काठमाण्डौँ र सविन मेमोरियल पोखरा बिच हुदैँछ ।

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->