पोखरा/ नेपाल खानेपानी संस्थान संस्थागत महाशाखा प्रमुख त्रिदीपकुमार श्रेष्ठले संस्थान रहेमात्र कर्मचारीको भविष्य उज्ज्वल हुने बताएका छन् ।
नेपाल खानेपानी संस्थान हेमजा शाखाका कार्यालय प्रमुख दिनेश्वरप्रसाद यादवको अध्यक्षतामा एक तहमा स्थायी भएका कर्मचारीलाई सम्मान तथा बधाई ज्ञापन कार्यक्रमा उनले संस्थान जोगाउन सबै तहका कर्मचारी लाग्न आग्रह गरे ।
पोखरा शाखामा भएको कार्यक्रममा लेखा प्रमुख पुष्पराज जोशी, प्रशासन प्रमुख आनन्दप्रसाद रेग्मी, विन्ध्यवासिनी इकाई कार्यालयका प्रशासन प्रमुख शिवराज भण्डारी, वरिष्ठ सहायक रुककुमार श्रेष्ठ, ओभरसियर प्रकाश सिलवाल लगायतले शुभकामना दिएका थिए । कर्मचारी केदार धमलाले सञ्चालन गरेको कार्यक्रममा बरिष्ठ सहायक विष्णुप्रसाद रेग्मीले स्वागत मन्तव्य दिएका थिए भने सम्मानित कर्मचारीका तर्फबाट बाबुराम विकले बोलेका थिए ।




