आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

राष्ट्रिय फुटसल लिग : राइजिङ धरानको ११ गोल

राष्ट्रिय फुटसल लिग : राइजिङ धरानको ११ गोल


  • विजय नेपाली
  • असोज ४ २०७८, सोमबार

पोखरा, ४ असोज–राष्ट्रिय ए डिभिजन फुटसल लिगमा लगातार दोस्रो जित निकाल्दै द राइजिङ क्लब धरान लिगको शिर्षस्थानमा उक्लिएको छ ।

पोखरा रंगशाला बहुउदेश्यीय कर्भड हलमा जारी लिग अन्तर्गत सोमबार भएको पहिलो खेलमा धरानले प्रभातफेरी काठमाण्डौँलाई ११–६ गोल अन्तरले पाखा लगाउँदै दोस्रो जित हात पारेको हो ।

धरानको जितमा रेवोस मास्के र विकु थापाले ह्याट्रिक गरे । थापा खेलको म्यान अफ दि म्याच घोषित भए । यस्तै मिलन राईले दुई गोलको योगदान दिए । मिलन लिम्बु, दोर्जे तामाङ र सुदिप गुरुङले समान १÷१ गोल गरे ।

प्रभातफेरीका लागि धिरज श्रेष्ठले दुई गोल गरे । राज पौडेल, सिजन गुरुङ श्रीजेश पुरी तथा धिरज जोशीले समान एक एक गोल गरे ।
जितसंगै धरान २ खेलबाट ६ अंक सहित शिर्षस्थानमा रहको छ ।

धरानका मास्केले दुई खेलमा ५ गोल गर्दै सर्वाधिक गोलकर्ता समेत बनेका छन् । सोमबार नै सम्पन्न अर्को खेलमा मछिन्द्र स्काई गोल्सले झरना स्पोट्र्स क्लबलाई ८–० गोलअन्तरले पाखा लगायो । जितसंगै मछिन्द्र दोस्रो स्थानमा उक्लिएको छ ।

मछिन्द्रको जितमा प्रकाश महतरा र कप्तान निर्मल गुरुङले समान दुई÷दुई गोल गरे । यस्तै अनिल खड्का, संजोग सुनम, आशिष सुनम र रोशन अधिकारीले समान एक÷एक गोल गरे ।

खेलको म्यान अफ दि म्याच स्काइ गोल्सका कप्तान निर्मल घोषित भए । जितसंगै स्काईको २ खेलबाट ३ अंक बटुलेको छ । उता झरना भने दुई खेलमै हार व्यहोर्दै अंकविहिन छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->