आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

गुल्मीमा पहिरोले घर पुरिँदा तीन दिदी/बहिनीको मृत्यु

गुल्मीमा पहिरोले घर पुरिँदा तीन दिदी/बहिनीको मृत्यु


  • ढोरपाटन संवाददाता
  • असोज ६ २०७८, बुधबार
फाईल तस्विर

गुल्मी/ पहिरोले घर पुरिँदा घरमा सुतिरहेका तीनजनाको मृत्यु भएको छ । रेसुंगा नगरपालिका–८ थुम्कामा तिलक परियारको घर परिँदा उनका छोरी २१ वर्षया भावना, १४ वर्षीया जुम्ल्याहा छोरी गंगा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

मंगलबार राति करिब १ बजे पहिरोले घर परिँदा सुतिरहेका तीनै जनाको मृत्यु भएको हो । उनीहरुको शब स्थानीय, नेपाली सेना र नेपाल प्रहरीले निकालेको प्रहरीले जनाएको छ ।

शवलाई अहिले गुल्मी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ । तिलक, उनकी श्रीमती र अर्की छोरी सुरक्षित रहेको र उनीहरुलाई छिमेकीको घरमा सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->