आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

त्यो कोलाहलले दिलाएको जित

त्यो कोलाहलले दिलाएको जित


  • विजय नेपाली
  • असोज ८ २०७८, शुक्रबार

राष्ट्रिय फुटसल लिगमा बिहिवार पोखराका दुई टोली फरक फरक प्रतिद्धन्दीसंग भिड्दै थिए । समग्र गण्डकी प्रदेशको प्रतिनिधित्व गरेको दुबै टिममा अब्बल खेलाडी थिए भने घरेलु मैदानको पनि फाइदा थियो ।

पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा बिहिबारको त्यो दृष्य जुन दृष्य फुटसल इतिहासकै अविस्मरणीय क्षणमा पक्कै गनिने नै छ ।
सविन मेमोरियल र मछिन्द्र स्काई बिचको खेलमा भन्दा पनि बढि रोमाञ्चक स्पोट्र्स क्यासल र ढुकु फुटसल हबबिचको खेलमा भएको थियो । यसो त खेल पोखरा र काठमाण्डौँको बिचमा भएको भन्दा पनि फरक नपर्ला ।

स्पोट्र्स क्यासल र ढुकुबिचको खेल चलिरहदा पहिलो हाफको १२ मिनेटपछि हलमा सन्नाटा छाएको थियो । १० मिनेट अघिसम्म कोलाह मच्चिएको फुटसल कोर्टमा एकाएक सन्नाटा छाउन पुग्यो ।

कारण थियो २ मिनेटको अन्तरालमा पोखराले २ गोल खानु अर्थात क्यासलविरुद्ध ढुकुले गोल गर्नु । ढुकु फुटसल नेपालकै उत्कृष्ट फुटसल क्लब हो । यो लिगको पनि सबै टिमले दाबेदार टिमकै रुपमा हेरिरहेका छन् ।

ढुकुका विक्रान्त नरिसिंह रानाले पहिलो गोल गर्दै अग्रता दिलाए । त्यसको २ मिनेटमै उर्केन शेर्पाले अग्रता दोब्बर बनाए । त्यसपछि क्यासल निकै दबाबमा परेको थियो । दर्शकमा पनि त्यो रौनकता भने देखिएन ।

त्यतिमात्र होइन् पहिलो हाफको अन्तिम मिनेटमै विक्रान्तले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३–० को स्थितिमा पु¥याए । पहिलो हाफ सकियो दबाबमा क्यासल ।

ढुकुले पोखराको अर्को टिमलाई यस अघि नै हराइसकेको थियो । तर, दोस्रो हाफमा भने त्यहाँको माहोल नै फेरियो । जब दर्शकले वि वान्ट गोल, वि वान्ट गोल भन्दै चिच्याउन थाले ढुकुको ढुकढुकीनै चलेन ।

खेल फेरीयो क्यासलले पुनरागमन सहित जित समेत हात पा¥यो । चारैतिरबाट स्पोट्र्स क्यासलमात्रै गुन्जिन थालेपछि खेलाडीमा समेत एक किसिमको आत्मविश्वास जाग्यो र पोखरेली समर्थकलाई उपहार स्वरुप जित समेत दिलाए ।

दर्शको साथ पाएको क्यासलको जितमा सुमित श्रेष्ठ नायक बन्न पुगे । २२ औं मिनेटमा योगेश गुरुङले गोल गर्दै अग्रता घटाए । उनले सुमित श्रेष्ठको पासमा गोल गरे । यस्तै २७ औं मिनेटमा खिमराज गुरुङले गोल गर्दै खेल २–३ को स्थितिमा ल्याए ।

उक्त गोलमा समेत सुमितले नै पास दिएका थिए । खिमराज खेलको म्यान अफ दि म्याच समेत घोषित भए । सुमितले २९ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । लगत्तै ढुकुले फ्रि हिटको अवसर पाएको थियो ।

उक्त अवसरमा भने गोलरक्षक विश्वास पौडेल बाधक बने । खेलको ३२ औं मिनेटमा खिमराजले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

अत्यन्तै रामाञ्चक बनेको खेलको ३६ औं मिनेटमा दिपेश घलेले गोल गर्दै जित निश्चित गरे । जितसंगै क्यासलको ३ खेलबाट ७ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

बिहिबार २५३ जनाले टिकट काटेर खेलको अवलोकन गरेको लिग संयोजक विनोद गुरुङले जानकारी दिए । क्यासल र ढुकुको खेल हेर्न कभर्डहलमा ७ सय दर्शकको उपस्थिति रहेको थियो ।

त्यस अघि भएको सविन मेमोरियल र मछिन्द्र स्काइ गोल्सको खेलमा भने ४ सय मात्र दर्शक रहेको गुरुङले जानकारी दिए । सविन मेमोरियलले स्काइलाई ३–२ गोल अन्तरले हराउँदै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

सविनको जितमा अभिनाष तामाङले २ तथा वरदान तेङवे लामाले १ गोल गरे । उता स्काइका लागि आशिष सुनमले २ गोल गरे । बिहिबार नै सम्पन्न अर्को खेलमा फुटसल ५ धरान र लुम्बिनी फुटसलले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।

दर्शकका कारण जित्न सफल भयौँ :प्रशिक्षक विष्णु गुरुङ

हामीले पहिलो हाफमै ३ गोल खाइसकेको अवस्था थियो । आज दर्शककै कारण हामीले जित्न सफल भएका हौँ । दर्शक नभएको भए यो सम्भवभने हुने थिएन । खेल सोचेभन्दा धेरै फरक भएको थियो । हामीले नसोचेको भयो । हामीले हरेक खेललाई उत्तिकै कठिन मानिरहेका छौँ । उनले हरेक खेलमा रेफ्रीको निर्णयबाट असन्तुष्टि भएको प्रतिक्रिया समेत दिए । रेफ्रीहरुले समेत खेलाउँदा सहि निणर्य लिनुपर्ने र आगामी दिनमा सुधार गरेर लैजानुपर्ने बताए ।

दर्शकका कारण हार व्यहोर्न बाध्य भयौं : प्रशिक्षक राज महर्जन
ढुकु फुटसल हवका प्रशिक्षक राज महर्जनले पहिलो हाफमा अग्रता लिएपनि दोस्रो हाफमा दर्शकको कोलाहका कारण खेलाडीको आत्मबल घटेको प्रतिक्रिया दिए । ‘हामी हार्नुको मुख्य कारण नै दर्शक हो । पोखरालाई घरेलु दर्शकको भरपुर साथमिल्यो । हाम्रो अग्रता हुदाँ समेत दोस्रो हाफमा पुर्ण जोशका साथ दर्शकले क्यासललाई समर्थन गर्दा हाम्रा खेलाडीलाई ठुलो असर ग¥र्यो’ उनले भने । नेपाल व्यवसायी फुटसल संघका अध्यक्ष समेत रहेका महर्जनले फुटबल खेलबाट आएका रेफ्रीका कारण हरेक खेलमा खेलाडी तथा प्रशिक्षकले गुनासो गर्ने गरेको बताए । उनले रेफ्रीको डिसिजन सहि नभएको बताए । ‘हाम्रो मात्र होइन अन्य खेलमा समेत यस्तै भइरहेको छ । उताको फल दिने बेला यताको दिने र यताको फल हुदाँ उता दिने प्रवृत्ति देखियो । यस्लाई अब नयाँ भनेर चित्त बुझाएका छौं । तर, अहिलेदेखिनै सुधार गर्न आवस्यक छ’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->