आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

घरेलु टोली क्यासल शिर्षमा उक्लिदा सविन दोस्रो स्थानमा

घरेलु टोली क्यासल शिर्षमा उक्लिदा सविन दोस्रो स्थानमा


  • Dhorpatan News
  • असोज ९ २०७८, शनिबार

पोखरा,९ असोज–घरेलु टोली स्पोट्र्स क्यासलले दर्जन गोलसंगै तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । पोखरा रंगशाला फुटसल कोर्टमा भएको खेलमा क्यासलले लुम्बिनी फुटसललाई १२–१ को दर्जन गोल अन्तरले हराउँदै १० अंक सहित शिर्ष स्थानमा उक्लिएको हो ।

क्यासलको जितमा सुमित श्रेष्ठ र विजय गुरुङले ह्याट्रिक गरे भने किशोर गुरुङले २ तथा कप्तान क्षितिज गुरुङ, सुरेन बुढामगर र विशोन गुरुङले समान १÷१ गोल गरे । १ गोल भने स्पोट्र्स क्यासलले उपहार पाएको हो । खेलको म्यान अफ दि म्याच क्यासलका सुमित श्रेष्ठ घोषित भए ।

लुम्बिनीका लागि रुपेन बराइलीले १ गोल गरे । क्यासल शिर्षस्थानमा उक्लिदा अर्को घरेलुटोली सविन मेमोरियल भने दोस्रो स्थानमा झरेको छ । सविनको कुल ४ खेलबाट ९ अंक रहेको छ ।

समान खेल खेलको क्यासलले हार व्यहोर्न परेको छैन् । ४ खेलमध्ये ३ खेलमा जित र १ खेल बराबरी खेलको छ । क्यासलले यस अघि प्रभातफेरी युथ क्लब र ढुकु फुटसल हबलाई हराइसकेको छ भने शंखमुलसंग २–२ गोलको बराबरी खेलेको छ ।

दोस्रो स्थानको सविनले ३ खेलमा जित र १ खेलमा हार व्यहोरेको छ । सविनले मछिन्द्र स्काइ गोल्स,झरना स्पोट्र्स क्लब र लुम्बिनी फुटसललाई हराएको छ भने ढुकु फुटसलसंग बराबरी खेलेको छ ।

द राइजिङ धरान गोलको आधारमा सविन भन्दा पछि छ । कुल ४ खेलबाट राइजिङको पनि ९ अंक रहेको छ । शंखमुल ८ अंकका साथ तालिकाको चौथो स्थानमा रहेको छ ।

मछिन्द्र स्काइ गोल्स ६ अंकका साथ पाचौँ, फुटसल ५ धरान ५ अंकका साथ छैटौं स्थानमा रहेको छ । ४ खेलबाट ४ अंक बटुलेको ढुकु र लुम्बिनीको समान ४–४ अंक रहेको छ । ढुकु गोल आधारमा अघि छ । प्रभातफेरी भने ४ खेलबाट १ अंक सहित तालिकाको पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->