आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

घरेलुटोली क्यासल अन्तिम ४ मा पुग्ने निश्चित

घरेलुटोली क्यासल अन्तिम ४ मा पुग्ने निश्चित


  • Dhorpatan News
  • असोज ११ २०७८, सोमबार

पोखरामा जारी राष्ट्रिय ए डिभिजन फुटसल लिगमा सोमबार जित हातपार्दै स्पोट्र्स क्यासले अन्तिम ४ मा आफ्नो स्थान सुरक्षित गर्ने निश्चित गरेको छ ।

पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहल स्थित फुटसल कोर्टमा मछिन्द्र स्काइ गोल्सलाई ८–३ गोल अन्तरले पाखा लगाउँदै क्यासलले ४ खेल अगावै अन्तिम ४ मा स्थान बनाउँन सहज देखिएको छ ।

१० टिमको सहभागिता रहेको लिगमा २ टिम रेलिगेसनमा पर्नेछन् । क्यासल अन्तिम ८ मा भने प्रवेश गरिसकेको छ । क्यासलले ५ खेलमा १ खेल बराबरी खेलेको छ भने ४ खेलमा जित हात पारेको छ ।

क्यासलको ५ खेलबाट १३ अंक रहेको छ । क्यासल लिग तालिकाको शिर्षस्थानमा उक्लिएको छ । यस्तै पोखराकै अर्को टिक सविन मेमोरियल तालिकाको दोस्रो स्थानमा रहेको छ । सविनको ४ खेलबाट ९ अंक रहेको छ ।

राइजि क्लब धरानको पनि ४ खेलबाट समान ९ अंक रहेको छ । गोल आधारमा राइजिङ तेस्रो स्थानमा रहेको छ । सोमबार नै भएको अर्को खेलमा फुटसल ५ धरानले झरना स्पोट्र्स क्लबलाई ९–५ ले हराउँदै पाँचौ स्थानमा उक्लिएको छ ।

झरना भने तालिकाको पुछारमा रहेको छ । हारसंगै झरनाको रेलिगेसनमा पर्ने करिब करिब पक्का नै छ । झरनाको मात्र १ अंक रहेको छ । झरनाले अबका ४ खेलमा जित हात नपारे लिग चरणबाटै बाहिरिनेछ ।

अर्को खेलमा प्रभातफेरी युथ क्लबले लुम्बिनी फुटसललाई ६–१ गोल अन्तरले हराएको छ । प्रभातफेरी सातौँ स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->