बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

देवचुली कांग्रेसको अधिबेशनमा बिनोद चौधरीले गरे मतदान

देवचुली कांग्रेसको अधिबेशनमा बिनोद चौधरीले गरे मतदान

नवलपुरमा दुई प्यानलको रस्साकसी ।


  • खगेन्द्र पराजुली
  • असोज १२ २०७८, मंगलबार

नवलपुर / नेपाली काँग्रेस देवचुलीको अधिबेशनमा उद्योगपति एवं सांसद बिनोद चौधरीले भोट खसालेका छन् । आज मंगलवार भएको मतदानमा चौधरीले देवचुली आएर मतदान गरेका हुन् । चौधरीले यस अघि प्रतिनिधिमा छानौट भएका थिए ।

दुई प्यानलबीच रस्साकस्सी देखिएको निर्वाचनमा बिनोद चौधरी स्वयं आएर मतदान गर्नुलाई नवलपुरमा गुटको लडाई दरिलो रहेको अनुमान गरिएको छ । जिल्लामा शशांक पक्षधरको बर्चश्व कायम रहदा चौधरीको उपस्थिति अर्थपूर्ण मानिएको छ ।

देवचुलीमा शशांक पक्षबाट रबिलाल सापकोटाको नेतृत्व र जिसी प्यानलबाट डिल्लीराम कडरियाको नेतृत्वमा पदाधिकारीका प्यानलै चुनावी मैदानमा होमिएका छन् । देवचुलीमा रहेको प्रतिष्ठित उद्योग सिजी उद्योग चौधरीको गृहनगर भएकाले उनी यहाँ आएका हुन् ।

नवलपुरमा पूर्व सांसद एवं संबिधान सभा सदस्य महेन्द्रध्वज जिसी प्यानल र पार्टी महामन्त्री एवं सांसद डा. शशांक कोईराला प्यानलको रस्साकसी छ । जिल्लामा डाक्टरको दवदवा कायम रहेकाले जिसीले तयो गढ भत्काउने मनसायले माथील्लो गुट एउटै भएपनि जिल्लामा ब्यक्तिबादी गुट बनाएका हुन् ।

नवलपुरमा दुई प्यानलको रस्साकसी

आसन्न महाधिबेशनमा केन्द्रीय सभापतिको उम्मेदवार बन्ने घोषणा गरेको नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई टक्कर दिने बलियो उम्मेदवारका रुपमा चर्चा छ ।

जिल्लामा भने कोइरालाको एलायन्स निकै रोचक छ । बरिष्ठ नेता रामचन्द्र पौडेल निकट महेन्द्रध्वज जिसीलाई फरक गुटमा कित्ताकाट गर्दै स्थानीय र जिल्ला तहमा नेता कार्यकर्ता जुधाईएको छ । देउवाका प्रियपात्र विष्णुकुमार कार्कीसँग कोइरालाले जिल्लामा एलायन्स गरेका छन् ।

४ गाउँपालिका र ४ नगरपालिका गरी आठ स्थानीय तह रहेको नवलपुरमा बुलिङटार गाउँपालिकामा मात्रै सर्वसम्मत कार्यसमिति चुनिएको छ । यहाँ चुनिएका सभापतिहरु शशांक निकट मानिन्छन् ।

बिनयी त्रिबेणी र हुप्सेकोट गाउँपालिकामा निर्वाचन मार्फत पदाधिकारी चयन भएका छन् । दुबै पालिकामा शशांक–कार्की निकटका भनिएपनि कार्की पक्षका उम्मेदवार विजयी भएका छन् ।

 

बौदीकाली गाउँपालिकामा सहमतिको प्रयास भईरहेको भन्दै निर्वाचन समित नै अनिर्णयको बन्दी बनेको छ । ६ जनाले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन बाहेक थप प्रक्रिया अगाडी बढ्न सकेको छैन ।

मध्यविन्दु, गैंडाकोट, कावासोतीमा निर्वाचन प्रक्रिया चलिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->