बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बौदीकालीमा युवा नेता केवी राना सभापति निर्वाचित

बौदीकालीमा युवा नेता केवी राना सभापति निर्वाचित


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०७८, मंगलबार

नवलपुर /पहाडी गाउँपालिका बौदीकालीमा नेपाली काँग्रेस सभापतिमा केवी राना निर्वाचित भएका छन् । आज  सम्पन्न निर्वाचनमा रानाले मनबहादुर सारुलाई १७ मतान्तरले पछाडी पार्दै गाउँ कार्य समितिको सभापतिमा निर्वाचित भएका हुन् । रानाले ५५ मत पाउँदा सारुका पक्षमा ३८ मत परेको थियो ।

बौदीकाली काँग्रेस कार्य समितिको पदाधिकारी सहित सदस्यहरु भने निर्विरोध चुनिएका छन् ।

उपसभापतिमा डिल्लीराम राना र मिनकुमार सारु चुनिएका छन् ।

सचिवमा राजु कंडेल र केशवराज ओझा तथा सहसचिवमा दानबहादुर मश्राङ्गी र यमबहादुर थापा निर्विरोध निर्वाचित भएका बौदीकाली वडा नं. २ का काँग्रेस सभापति डिलकुमार श्रेष्ठले जानकारी गराए ।

सभापतिमा निर्वाचित राना जिल्लामा महेन्द्रध्वज जिसी निकट मानिन्छन् ।

कुल ९९ मतदाता रहेकामा ९३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->