आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

धरानसंग घरेलु टोली सविन स्तब्ध, राइजिङले ढुकुलाई हरायो

धरानसंग घरेलु टोली सविन स्तब्ध, राइजिङले ढुकुलाई हरायो


  • विजय नेपाली
  • असोज १२ २०७८, मंगलबार

पोखरामा जारी राष्ट्रिय ए डिभिजन लिगमा घरेलु टोली सविन मेमोरियल फुटसल ५ धरानसंग स्तब्ध भएको छ ।

मंगलबार बहुउदेश्यीय कभर्ड हल (फुटसल कोर्ट) मा भएको दोस्रो खेलमा धरानले सविनलाई ५–४ गोल अन्तरले पाखा लगायो । खेलमा सविनले अग्रता लिएपनि जित हातपार्न भने सकेन ।

खेल सुरु भएको १ मिनेटमा सविनका मनोज गुरुङले गोल गर्दै अग्रता दिलाए । दोस्रो मिनेटमा अभिनाष तामाङले गोल गर्दै अग्रता दोब्बर पारे । खेलको चौथो मिनेटमा कप्तान अनुप राना मगरले गोल गरे ।

सोहि समयमा धरानका रन्जित गुरुङले गोल गर्दै अग्रता घटाए । १२ औँ मिनेटमा अभिनाषले दोस्रो गोल गर्दै खेल ४–१ को स्थितिमा ल्याए । खेलको १७ औं मिनेटमा प्रवेश जोशीले गोल गर्दै अग्रता घटाए ।

पहिलो हाफ ४–२ मा सकिएपछि दोस्रो हाफमा भने धरानले ३ गोल थप्दै जित हात पा¥यो । ३२ औँ मिनेटमा प्रवेश जोशीले व्यक्तिगत दोस्रो गोल गरे । सोहि समयमा विजय श्रेष्ठले अर्को गोल गर्दै कम्ब्याक गोल गरे ।

विजयले ३६ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जित पक्का गरे । जितसंगै फुटसल ५ धरानका प्रशिक्षक विश्वास लामाले खेलाडीको प्रदर्सनबाट खुसी रहेको प्रतिक्रिया दिए । उनले खेलाडीको मिहेनतकै कारण जित भएको बताए ।

उता सविन मेमोरियलका प्रशिक्षक राजेन्द्र तामाङले खेलाडीमा ओभर कन्फिडेन्ट आउँदा हार व्यहोरेको प्रतिक्रिया दिए । उनले खेलाडीमा तालमेल नमिल्दा हार व्यहोरेको बताए ।

उता राइजिङले पुनरागमन जित निकालेको छ । द राइजिङ क्लब धरानले ढुकुमाथि ५–३ को जित हात पारेको छ । खेलको ८ औं मिनेटमा ढुकुका अमित लामाले गोल गर्दै अग्रता दिलाए ।

पहिलो हाफमा १–० को अग्रता लिएको ढुकु दोस्रो हाफमा भने सम्हालिन सकेन । खेलको २५ औ मिनेटमा पिभोट हेमन्त थापा मगरले बराबरी गोल फर्काए । यस्तै २८ औं मिनेट ढुकुका आला प्रसिद्ध मगरले गोल गर्दै ढुकुलाई पुनः अग्रता दिलाए ।

राइजिङका आला सुदिप गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याए । लगत्तै ढुकुले खेलमा फर्कने प्रयास ग¥यो । ३५ औं मिनेट आला अभय रानाले गोल गरे । ३–२ ले अघि रहेको ढुकु त्यसपछि भने सम्हालिन नसक्दा हार व्यहोरेको छ ।

राइजिङका पिभोट विवेक राइले ३५ औं मिनेटमा गोल गर्दै बराबरी गरे । लगत्तै पिभोट मिलन राइले गोल गर्दै पुनरागमन अग्रता दिलाए । उनले ३६ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जित निश्चित गरे ।

जितसंगै राइजिङको ६ खेलबाट १२ अंक रहेको छ । राइजिङले अब १ खेल जितेमा उत्कृष्ट ४ मा आफ्नो स्थान सुरक्षित गर्नेछ । राइजिङका मुख्य प्रशिक्षक युवेन्द्र गुरुङले खेलाडीको प्रदर्सनबाट खुसी रहेको बताए ।

उनले आफ्नो मुख्य गोलरक्षक नरहेपनि खेलाडीको प्रदर्सनबाट सन्तुष्टि रहेको प्रतिक्रिया दिए । ‘केटाहरुको प्रदर्सनबाट खुसी छु । तर, रेफ्रीको निर्णयमा भने सुधारिएन’ उनले भने, ‘हामी अब रेलिगेसन हुनबाट जोगियौँ ।

एक खेल जितेमा सम्भवत टप ४ मा पुग्छौ भन्ने लागेको छ । खेल हो हेरौँ के हुन्छ ।’ ढुकु फुटसल हबका मुख्य प्रशिक्षक राज महर्जनले भने आफूहरु पिडामा भएको प्रतिक्रिया दिए । उनले हारसंगै रेलिगेसनको जोखिम बढेकाले निकै समस्या परेको सुनाए ।

‘हामी निकै पिडामा छौँ । रेफ्रीको समस्या फेरी दोहोरियो । जुन खेल खेलाउन पर्ने त्यो भएको देखिएन’ उनले भने । हामी अब भिडियोमा हेर्ने छौँ र निर्णय गर्नेछौ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->