आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

दोहोरिदैँ रेफ्रीका गल्ति कति पैसामा विक्यौ ? : खेलाडी

दोहोरिदैँ रेफ्रीका गल्ति कति पैसामा विक्यौ ? : खेलाडी


  • विजय नेपाली
  • असोज १३ २०७८, बुधबार

राष्ट्रिय ए डिभिजन फुटसल लिगमा खेलाडीहरुले रेफ्रीले पैसा खाएको गम्भिर आरोप लगाएका छन् ।

पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलको फुटसल कोर्टमा बुधवार प्रभातफेरीका खेलाडी तथा अफिसियलले खेलमा रेफ्रीको निर्णय प्रति असन्तुष्टि व्यक्त गर्दै एक पक्षिय खेल खेलाएको आरोप समेत लगाए ।

सुरुवात देखि नै रेफ्रीको निर्णयप्रति क्लबहरुले असन्तुष्टि व्यक्त गरिरहेका थिए । रेफ्रीको कम्जोर निर्णय शैली रहेको भन्दै १० क्लबको हस्ताक्षर सहित ज्ञापनपत्र समेत बुझाएका थिए ।

तत्पश्चात १० टिमका प्रशिक्षक, रेफ्री र फुटसल कमिटि बसेर फिफा नियम अनुसार खेल खेलाउने भन्ने सहमति भएको थियो ।

बुधबार खेल सकिन १ मिनेटको समय हुदाँ प्रभातफेरीका पिभोट पोजिसन खेलेका धिरज जोशीले बल अगाडी बढाउँदै गोल गर्ने प्रयास गर्दा डि एरिया भन्दा बाहिर मछिन्द्रका गोलरक्षक आएर डाइभ गर्दै बल समात्ने प्रयास गर्दा समेत रेफ्रीले फाउल दिएनन् ।

मुख्य रेफ्री सन्तोष गुरुङले डि एरिया बाहिर किपरले हातले बल छुदै खुट्टा तान्दा समेत फाउल नदिएपछि रेफ्रीहरुप्रति उनीहरु आक्रोसित भएका हुन् ।

धिरज श्रेष्ठको पासमा जोशीले बल सेन्टरलाइन देखि अघि बढाएका थिए । यस्तै खेल सकिन १ सेकेन्डमात्रै बाकि रहँदा गोलरक्षक लक्ष्मण लामाले खुट्टा समाएका थिए । तर रेफ्रीले भने फाउल दिएनन् ।

त्यसपछि खेल सकिएको सिठ्ठि बजेपछि खेलाडी तथा अफिसियल निर्णयप्रति असन्तुष्टि हुदैँ रेफ्रीलाई घेर्न पुगेका थिए । टिमका म्यानेजर कृष्ण श्रेष्ठ रेफ्रीले जानीजानी र प्रत्यक्ष खुट्टा समातेको देख्दापनि फाउल नदिएको भन्दै गुनासो गरे ।

प्रशिक्षक सरोज थापाले रेफ्रीको निर्णयबाट सुरुका खेलदेखि नै आजित भएको सुनाए । ‘रेफ्रीको निर्णृय प्रति सद्यै कति गुनासो गर्ने ? समस्या त्यहि हो ।

आजपनि एक पक्षिय खेल खेलायो’ उनले भने, ‘अब रेलिगेसनमा पर्ने डर भयो । हामी उत्कृष्ट ४ मा पर्ने योजनामा थियौ तर, गलत निर्णय बारम्बार गर्दा चुक्न पुग्यौ ।’ आक्रोशित प्रभातफेरीले नियतीपूर्व आफुहरुलाई हराएको आरोप लगाए ।

उनीहरुले रेफ्रीले फाउन नदिएपनि कति पैसा खाइस भनेर समेत प्रश्न गरे । आक्रोसित खेलाडीलाइ शान्त पार्न प्रहरी समेत आएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->