आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

घरेलु टोली क्यासल अन्तिम चारमा

घरेलु टोली क्यासल अन्तिम चारमा


  • विजय नेपाली
  • असोज १३ २०७८, बुधबार

घरेलु टोली स्पोट्र्स क्यासलले उत्कृष्ट ४ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।

पोखरा रंगशाला स्थित फुटसल कोर्टमा भएको खेलमा क्यासलले झरना स्पोट्र्सलाई ५–१ गोल अन्तरले हराउँदै अन्तिम ४ मा पुग्ने पहिलो टोली बनेको हो ।

क्यासलले ३ खेल अगावै अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो । विजय गुरुङले खेलको पाँचौ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

झरनालाई कम्जोर सोचेर खेलाडी सहज रुपमा खेल्न खोज्दा झरनाले पनि निकै दबाब दियो । १४ औं मिनेटमा खिमराज गुरुङले गोल गरे । १५ औँ मिनेटमा विशोन गुरुङले गोल गर्दै अग्रता तेब्बर पारे ।

किशोर गुरुङले खेलको १६ औं मिनेटमा तथा खिमराजले १८ औं मिनेटमा गोल गरे । क्यासलले दोस्रो हाफमा भने कुनैपनि गोल गर्न सकेन् ।

झरनाका लागि नारायण थापा मगरले २९ औं मिनेटमा गोल गरे । कुल ६ खेल खेलेको झरना अंक विहिन छ । क्यासलका मुख्य प्रशिक्षक विष्णु गुरुङले अब उत्कृष्ट २ भित्र पर्नका लागि खेल्ने बताए ।

उनले बुधकारको खेलले अन्तिम ४ मा सुरक्षित भएपनि आफुहरुको चाहाना उत्कृष्ट २ रहेको प्रतिक्रिया दिए । ‘हामी अब टप टु का लागि खेल्ने छौँ ।

आजको खेल सहज थियो नै । खेलाडीले पनि सहज तरिकाले नै खेले । हामी अहिले बलियो टिममा परेका छौँ त्यसैलेपनि हाम्रा लागि हरेक टिम महत्वपूर्ण हुनेछन् ’ उनले भने,

‘अब हामीले घरेलु टोलीसंग खेल्दै छौँ हाम्रो लागि यो महत्वपूर्ण खेल हो ।’ खेलाडीहरुपनि विस्तारै फिट हुदैँ गएको उनले सुनाए । झरनाका प्रशिक्षक निर्मल थापाले भने अंक तालिकाको शिर्ष स्थानमा भएको टिम भएकाले खेलाडीको मनोबल पहिला नै घटिसकेको प्रतिक्रिया दिए ।

‘टप वानको टिमसंग खेल्दै थियौँ । खेलाडीको आत्मबल त्यसै घट्नु नै हाम्रो हारको कारण हो ’ उनले भने,‘हामी रेलिगेसनमा पर्छौ भन्ने डर छ ।

यो बर्ष लोकल केटाहरु बटुलेर आएका हौँ । एक महिनाको टे«निङले राम्रो नतिजा त आउदैन । आगामी वर्ष अवस्य राम्रो हुनेछौँ ।’

बुधवार सम्पन्न पहिलो खेलमा शंखमुल फुटसलले लुम्बिनी फुटसललाई ३–२ गोलले हराउँदै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शंखमुलको ६ खेलबाट १४ अंक रहेको छ ।

शंखमुलले खेलको सुरुवातदेखिनै लुम्बिनीलाई दबाबमा राख्यो । शंखमुलको जितमा विवेक पण्डितले ८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए ।

त्यसको १ मिनेटमा लुम्बिनीका लागि रुपेन बराइलीले बराबरी गोल फर्काए । १३ औं मिनेटमा पुन शंखमुलले अग्रता लियो । क्रिजल खड्काले गोल गर्दै पुनः अग्रता दिलाए ।

३० औं मिनेटमा सागर तेन्जेले अग्रता तेब्बर पारे । खेलमो ४० औँ मिनेटमा लुम्बिनीका रेफी महर्जनले गोल गरेपनि जितका लागि समय पर्याप्त रहन भने सकेन् । लुम्बिनीको ६ खेलबाट ४ अंक रहेको छ ।

बुधवारको अन्तिम खेलमा मछिन्द्र स्काइ गोल्सले प्रभातफेरीलाई ४–३ गोल अन्तरले हरायो । मछिन्द्रको जितमा कप्तान निर्मल गुरुङ, श्रीकृष्ण श्रेष्ठ र आसिष सुनमले गोल गरे ।

१ गोल भने उपहार पाएको थियो । प्रभातफेरीका लागि विशाल सरु मगरले २ तथा एक्लेस कार्कीले १ गोल गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->