आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

हेम्जामा ५ ए साइड फुटबल हुँदै

हेम्जामा ५ ए साइड फुटबल हुँदै


  • ढोरपाटन संवाददाता
  • असोज १४ २०७८, बिहिबार

पोखरा,१४ असोज–हेम्जामा पहिलो पटक ५ ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । पोखरा २५ हेम्जामा सञ्चालनमा आएको विच फुटबलमा पहिलो पटक प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता संयोजक रोशन केसीका अनुसार एकै पटक ३ फरक प्रतियोगिता हुदैँछ । यु–१४, खुल्ला र ३५ वर्षमाथि उमेर समूहका खेलाडीबिच खेल हुने केसीले जानकारी दिए ।

प्रतियोगिता आगामी असोज २१ देखि २६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागितामा टिम दर्ता गराउने अन्तिम दिन भने असोज २० गतेसम्म रहेको उनले बताए ।

प्रतियोगिता अन्तरगत यु १४ प्रतियोगितामा सहभागिताका लागि जन्मदर्ता अनिवार्य गरिएको छ । यु १४ का लागि २०६४ असोज २० गतेभन्दा अघि जन्मेको हुनेपर्नेछ । प्रतियोगिताको विजेताले नगद १२ हजार रुपैँया तथा उपविजेताले ६ हजार रुपँैया प्राप्त गर्नेछन् ।

यस्तै खुुल्ला प्रतियोगिताको विजेताले ३५ हजार र उपविजेताले २० हजार रुपैँया प्राप्त गर्नेछन् । ३५ वर्षमाथि भेट्रान्स प्रतियोगिताका विजेताले २० हजार तथा उपविजेताले १२ हजार रुपैँया प्राप्त गर्ने संयोजक रोशन केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->