पोखरा/ जेष्ठ नागरिक मञ्चको प्रारम्भिक साधारण सभा एवम् अधिवेशनले टोपराज ढुंगानाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
तीनवर्षे कार्यकाल रहेको सो समितिको वरिष्ठ उपाध्यक्षमा देवीबहादुर थापा, उपाध्यक्ष विष्णु बास्तोला, सचिव धर्मदत्त तिमिल्सिना, सहसचिव भिमप्रसाद सुवेदी, कोषाध्यक्ष पद्मवन्धु पोखरेल रहेका छन् । त्यसैगरी समितिको सदस्यमा विष्णुप्रसाद तिमिल्सिना,भविमाया परियार,माया बराल, हरिप्रसाद बराल, परशुराम ओझा,खिमलाल बराल र सिता पराजुली निर्वाचित भएका छन् ।
पोखरा–१७ का वडाध्यक्ष तिर्थराज अधिकारीले अधिवेशनको उद्घाटन गरेका थिए ।कार्यक्रममा ९६ बर्षीय चन्द्रकान्त भण्डारी र ८४ बर्षीय कर्णाखर भण्डारीलाई तातोपानी खाने धर्मस प्रदान गरिएको थियो । मञ्चद्धारा सञ्चालित दिवासेवा केन्द्रमा ६५ बर्षदेखि ९६ वर्षसम्मका ९७ जना जेष्ठनागरिक आवद्ध छन् ।मञ्चले छोटो समयमा तीन लाख ६६ हजार ४३८ रुपैयाँको लागतमा आप्mनो कार्यालय भवन निर्माण गर्नुका साथै जेष्ठ नागरिकहरुलाई तीर्थस्थलको भ्रमण सहित श्रमिक बालबालिका अक्षयकोषमा ५० हजार रुपैयाँ नगद सहयोग गरेको अध्यक्ष टोपराज ढुंगानाले बताए ।




