आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अनुसाशनबाट बाहिर जादैँ फुटसल क्लब

अनुसाशनबाट बाहिर जादैँ फुटसल क्लब


  • विजय नेपाली
  • असोज १७ २०७८, आइतबार

पोखरामा जारी राष्ट्रिय ए डिभिजन लिग फुटसलमा बारम्बार रेफ्री माथि औला उठाउने क्लबले समेत अनुसासनबाट बाहिर गएका छन् ।

खेलमा हार्नेटिमले पटक पटक रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाइराख्दा टिमले देखाएको व्यवहारले भने रेफ्रीको मात्र दोष नभई टिमको पनि दोष रहेको देखिएको छ ।

शनिबार स्पोट्र्स क्यासल र फुटसल ५ धरानबिचको खेलमा धरानका खेलाडी, प्रशिक्षक तथा टिम म्यानेजरले अराजकता नै मच्याए ।

अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा हार व्यहोरेपछि उनीहरु एकाएक रेफ्रीलाई कुटुला झैँ गर्दै फुटसल कोर्टमा प्रवेश गरे । धरानका सबै खेलाडी तथा अफिसियल असन्तुष्टि जनाउँदै कोर्टमा पुगेका हुन् ।

खेल सकिन केही मिनेटमात्रै बाकि रहँदा धरानका गोल रक्षक धिरज तामाङले क्यासलका सुमित श्रेष्ठलाई वान भर्सेस वानको अवस्थामा डि एरिया बाहिर लडाएपछि सिधै रातो कार्ड पाएका थिए ।

त्यसपछि धरानले असन्तुष्टि जनाएका थिए । यस अघि क्यासलले पनि बारम्बार असन्तुष्टि भने जनाएकै थियो । अचानक धरानका खेलाडी रेफ्रतर्फ होम्मिएपछि रेफ्रीपनि के कम उनले पनि भटाभछ रातो कार्ड झिके र देखाइदिए ।

उक्त खेल हरिष कार्कीले खेलाएका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा अचानक त्यसरी कार्ड देखाउँदा आयोजक पनि एक समय छक्क परेको थियो ।

आयोजकको सचिवालयमा समेत यस विषयमा कुरा चल्यो । कार्कीलाई रेफ्री बस्ने कोठा तिर लगियो । बाहिर सुरक्षा कडा बनाइयो । खेलमा क्यासलले पुनरागम जित निकालेको थियो ।

क्यासलले फुटसल ५ धरानलाई ३–२ ले हराएको थियो । क्यासलले निकै संघर्ष गरेर खेल जित्दै तालिकाको शिर्ष स्थानमा आफ्नो स्थानलाई सुरक्षित राखेको छ ।

लिगमा अब क्यासलले १ मात्रै खेल खेल्न बाकि रहेको छ । क्यासलको कुल ८ खेलबाट २२ अंक रहेको छ । क्यासलले यस अघिनै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

फुटसल ५ धरानका प्रशिक्षक विश्वास लामाले रेफ्रीको गल्ति बारम्बार दोहोरिएको बताए । ‘लिड लिएरपनि हार व्यहोर्न प¥यो । टफ म्याच भयो ।

ठुलो खेलमा रेफ्रीको डिसिजन राम्रो भएन् । लास्ट आवरमा कर्नर हुनेबलमा पनि उता थ्रोइन देखाइयो । मैले भन्न जादा मलाई पनि कार्ड । स्तरीय रेफ्री नभएको महसुस गरियो ।

हामीले हार व्यहोर्दा मात्र होइन जितेका खेलहरुमा समेत असन्तुष्टि जनाउँदै आएका थियौँ’ उनले भने । तर, हार पश्चात जुन किसिमको व्यवहार देखायो त्यो भने प्रोफेसनल भने देखिएन ।

उक्त खेलमा खेल सकिएपश्चा ३ जनालाई रातो कार्ड देखाइएको थियो । धरानका खेलाडी सुजन खड्का, प्रशिक्षक विश्वास लामा र म्यानेजर जिवन आले मगरले रातो कार्ड पाएका थिए ।

रातो कार्ड पाएपछि अन्तिम खेलमा आफूहरुको टिमले खेल्न नसक्ने प्रतिक्रिया लामाले दिए । ‘हामी त सबैले रातो कार्ड खायौँ । मुख्य गोलरक्षकले पनि पायो, खेलाडी पनि घाइते छन् ।

रणनीति बनाउने र खेलाडीलाइ कसरी खेलाउने भन्ने पनि अब रहेन’ उनले भने । आयोजक कमिटिकै एक पदाधिकारीले भने कार्ड देखाइएको बारेमा रेफ्रीहरुसंग छलफलमा बस्ने बताए ।

उनले टफ गेममा अचानक त्यसरी कार्ड दिनु गलत रहेको बताए । तर वास्तविकता भने छलफल पश्चात मात्रै बाहिर आउने उनले बताए ।

शनिबार नै भएको अर्को खेलमा द राइजिङ क्लब धरानले लुम्बिनी फुटसललाई ६–५ ले हराउँदा लुम्बिनी रेलिगेसनमा परेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->