आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अभिनाषको दोहोरो ह्याट्रिकमा सविनको जित

अभिनाषको दोहोरो ह्याट्रिकमा सविनको जित


  • विजय नेपाली
  • असोज १७ २०७८, आइतबार

पोखरा, १६ असोज– अभिनाष तामाङको दोहोरो ह्याट्रिसंगै घरेलुटोली सविन मेमोरियलले जित हात पारेको छ ।

राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगितामा अन्तर्गत पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा आइतबार भएको खेलमा सविनले प्रभातफेरी युथ क्लबलाई ८–४ ले हराउँदै प्ले अफ पुग्ने सम्भावनालाई जिवितै राखेको छ ।

जितसंगै सविनको ८ खेलबाट १३ अंक रहेको छ । समान खेलबाट प्रभातफेरीको भने ७ अंक रहेको छ । खेलको ५ औं मिनेटमा सविनका लागि अभिनाष तामाङले अग्रता दिलाए ।

उनले १२ औँ मिनेटमा २ गोल गर्दै ह्याट्रिक पुरा गरे । प्रभातफेरीले पनि खेलको छैटौं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएको थियो । एक्लेस कार्कीले गोल गर्दै बराबरी गरेका थिए ।

११ औँ मिनेटमा डोना थापाले गोल गर्दै प्रभातफेरीलाई केहि सेकेन्डका लागि २–१ को अग्रता दिलाएका थिए । तर अभिनाषले १२ औँ मिनेटमा त्यो अग्रता तोडिदिए ।

यस्तै खेलको १८ औं मिनेटमा कप्तान नविन लामाले गोल गर्दै पुनः खेलक ३–३ को बराबरीमा ल्याएका थिए । पहिलो हाफ ३–३ गोलको बराबरीमा रोकिएपनि दोस्रो हाफमा भने सविनले ५ गोल गरेको थियो ।

खेलको २२ औं र २३ औँ मिनेटमा अभिनाषले लगातार गोल गर्दै अग्रता बढाउने काम गरे । अभिनाषले ३० औँ मिनेटमा गोल गर्दै दोस्रो ह्याट्रिक गरे । ह्याट्रिक संगै अभिनाष लिगकै सर्वाधिक गोलकर्ताको सुचिमा यथावत रहे ।

उनले हालसम्म १८ गोल गरेका छन् । उनी लिगको एकै खेलमा दोहोरो ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बने । उनी खेलको म्यान अफ दि म्याच समेत हुन् । खेलको ३१ औं मिनेटमा सविनका मनोज गुरुङले गोल गर्दै सविनलाई जित नजिक पु¥याए ।

३९ औं मिनेटमा प्रभातफेरीका डोना थापाले व्यक्तिगत दोस्रो गोल गरे । लगत्तै ४० औं मिनेटमा सविनका मनोजले व्यक्तिगत दोस्रो गोल गरे ।

आइतबार नै भएको अन्य खेलमा ढुकु फुटसल हवले मछिन्द्र स्काइ गोल्सलाई ७–५ गोल अन्तरले पाखा लगायो । ढुकुको जितमा विक्रान्त नरसिंह रानाले ४, उरकेन शेर्पा र प्रसिद्ध मगरले एक÷एक गोल गरे ।

उता मछिन्द्रकालागि अमित तामाङले २ तथा मनोज राई, आशिष सुनम र कप्तान संजोग चाम्लिङले गोल गरे । अन्तिम खेलमा शंखमुल फुटसलले झरना फुटसललाई ७–० को फराकिलो गोल अन्तरले पाखा लगायो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->