आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

हेम्जामा हुने ५ ए साइड फुटबलको मिति सारियो, २३ गतेदेखि हुने टिम दर्ता खुल्ला

हेम्जामा हुने ५ ए साइड फुटबलको मिति सारियो, २३ गतेदेखि हुने टिम दर्ता खुल्ला


  • ढोरपाटन संवाददाता
  • असोज २० २०७८, बुधबार

पोखरा, २० असोज–पोखराको हेम्जामा हुने भनिएको ५ ए साइड फुटबल प्रतियोगिताको मिति सारिएको छ । बिहिबार देखि प्रतियोगिता सुरु हुने भनिएपनि विभिन्न कारणले प्रतियोगिताको मिति सारिएको आयोजकले जानकारी दिएका छन् ।

पोखरामा राष्ट्रिय फुटसल लिग, यस्तै यु–१४ प्रतियोगिता खेल्ने खेलाडीहरुको समेत परिक्षा भएका हुनाले प्रतियोगिता सारिएको हो ।
प्रतियोगिता २३ गतेदेखि सुरु हुनेछ ।

आरएस बिच फुटबल क्लबको आयोजना पहिलो पटक हुन लागेको ५ ए साइड फुटबल प्र्रतियोगितामा यु –१४, खुल्ला र ३५ वर्ष माथि भेट्रान्स गरी ३ प्रतियोगिता हुनेछन् ।

प्रतियोगिता संयोजक रोशन केसीका अनुसार बिच फुटबल भन्ने धेरैको सोचाइ भएपनि आफूहरुले फुटबल नै आयोजना हुनेछ ।
प्रतियोगिता अन्तरगत यु १४ प्रतियोगितामा सहभागिताका लागि जन्मदर्ता अनिवार्य गरिएको छ ।

यु १४ का लागि २०६४ असोज २० गतेभन्दा अघि जन्मेको हुनेपर्नेछ । प्रतियोगिताको विजेताले नगद १२ हजार रुपैँया तथा उपविजेताले ६ हजार रुपँैया प्राप्त गर्नेछन् ।

यस्तै खुुल्ला प्रतियोगिताको विजेताले ३५ हजार र उपविजेताले २० हजार रुपैँया प्राप्त गर्नेछन् । ३५ वर्षमाथि भेट्रान्स प्रतियोगिताका विजेताले २० हजार तथा उपविजेताले १२ हजार रुपैँया प्राप्त गर्ने संयोजक रोशन केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->