बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

रित्तिए तनहुँका आइसोलेसन

रित्तिए तनहुँका आइसोलेसन

‘आइसोलेसन खाली भएकाले मर्मत र सरसफाइको काम चलिरहेको छ । हाइफ्लो भएर अक्सिजनको पाइपलाइन फुटेको थियो । मर्मत गर्दछौं ।’


  • ढोरपाटन संवाददाता
  • असोज २१ २०७८, बिहिबार
जिपी कोइराला रािष्ट्रय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आइसोलेसन । फाइल तस्वीर

तनहुँ/ कोरोना संक्रमणदर घट्दै गएपछि जिल्लामा संक्रमितको उपचार गर्न बनाइएको आईसोलेसन वार्ड रित्तिएका छन् । जिल्लाका अस्पताल र स्थानीय सरकारले बनाएका आइसोलेसन संक्रमितविहीन भएका हुन् ।
यो साता कोरोना संक्रमित आइसोलेसनमा उपचार गर्न आएका छैनन् । जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ७९ जना छन् । तीसबै होम आइसोलेसनमा छन् । १० स्थानीय तह मध्ये ऋषिङ र घिरिङ गाउँपालिकामा संक्रमितको संख्या शून्य छ ।

संक्रमितको चाप हुने जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आईसोलेसन गत शुक्रबारदेखि खाली छ । दोस्रो लहर सुरु भएपछि बैशाखयता अस्पतालको आइसोलेसनमा बसेको २ सय २२ संक्रमित निको भएर घर फर्किए । ३ जना संक्रमितको मृत्यु भयो ।

आइसोलसन खाली भएपछि यतिबेला मर्मतको काम भइरहेको अस्पतालका कोरोना फोकल पर्सन प्रदीप पौडेलले बताए । ‘आइसोलेसन खाली भएकाले मर्मत र सरसफाइको काम चलिरहेको छ,’ उनले भने, ‘हाइफ्लो भएर अक्सिजनको पाइपलाइन फुटेको थियो । मर्मत गर्दछौं ।’यहाँ स्थानीय तहले बनाइदिएको भवनमाअस्पतालले अक्सिजनसहितको ३० शैड्ढयाको आइसोलसन चलाएको छ । ५ शैड्ढयामा आइसियू र ३ शैड्ढयामा भेन्टिलेटर छ ।
जिल्लाको दमौली अस्पतालको आइसोलेसन पनि रित्तो भएको छ । साउन यता अस्पतालको आईसोलेसनमा ३३ जना संक्रमित बसेका छन् । ‘भदौपछि जटिल समस्या भएका मात्रै आएका छन्् । १÷२ जनामात्रै संक्रमित आउने भएकाले आइसोलेसनमा चाप छैन,’अस्पतालका मेडिकल सुपरिडेन्ट डा. सुनिल पौडेलले भने ।

कोरोना संक्रमण पुष्टि भएका तर, लक्षण सामान्य भएका संक्रमित होम आइसोलेसनमा बसेकाले आइसोलेसनमा चाप नभएको डा. पौडेलको भनाइछ । अस्पतालमा कोरोनासँग लक्षण मिल्ने सिजनल फ्लुका बिरामी भने बढेको उनले बताए । ‘लक्षण कोरोनाका जस्तै छन् । एन्टिजेन परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आउँछ,’ उनले भने ।

व्यास नगरपालिका बाहेक अधिकांश स्थानीय तहले बनाएको आइसोलेसन बैशाखबाट रित्तो छन् । कोरोनाको दोस्रो लहरमा अधिकांश संक्रमित होम आइसोलेसनमा बसेका कारण स्थानीय तहको आइसोलेसन रित्तो बनेका हुन् ।
दोस्रो चरण सुरु भएपछि बैशाखदेखि तनहुँका ५ हजार ३७० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । १२४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँको तथ्यांकमा उल्लेख छ । जिल्लामा संक्रमणदर घटिरहेको स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले बताए ।

अधिकारीका अनुसार दैनिक ५ देखि १२ जनासम्म कोरोना संक्रमित थपिन्छन् । भाइरल ज्वरोका बिरामी भने बढेको उनले बताए । ‘भाइरल ज्वरोका बिरामी बढेका छन् । कोरोना परीक्षण गर्दा संक्रमण देखिँदैन,’ उनले भने ।
व्यास नगरपालिका१०, दुम्सीमा स्थापना गरिएको पिसीआर प्रयोगशालामा औसत दैनिक १५ स्वाबको पिसीआर परीक्षण हुन्छ । तीमध्ये १२ प्रतिशतसम्मको रिपोर्ट पोजेटिभ आएको व्यासले सञ्चालन गरेको अस्थायी कोभिड अस्पतालका डा. सुरज घिमिरेले बताए । दसैं लागेकाले गाउँ सहर जताततै चहलपहल बढिरहेको छ । दसैंँको चहलपहलले संक्रमण बढाउन सक्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->