आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

राष्ट्रिय ए डिभिजन फुटसल लिगको उपाधी क्यासललाई

राष्ट्रिय ए डिभिजन फुटसल लिगको उपाधी क्यासललाई


  • विजय नेपाली
  • असोज २२ २०७८, शुक्रबार

पोखरा, २२ असोज– राष्ट्रिय ए डिभिजन फुटसल लिगको उपाधी स्पोट्र्स क्यासलले जितेको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा भएको फाइनल खेलमा काठमाण्डौँको शंखमुल फुटसललाई ४–२ गोल अन्तरले हराउँदै क्यासलले उपाधी घरमै राख्न सफल भएको हो ।

उपाधीसंगै क्यासलले नगद १० लाख रुपैँयाको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता शंखमुलले ५ लाख रुपैँया प्राप्त ग¥यो ।

क्यासलले खेलको छैटौँ मिनेटमा विजय गुरुङको गोलमा अग्रता लिएको थियो । शंखमुलका लक्ष्मण थापा मगरले ११ औं मिनेटमा बराबरी गोल फर्काए ।

खेलको २० औं मिनेटमा क्यासलका किशोरले गोल गर्दै अग्रता पुनः लिए । पहिलो हाफमा २–१ को अग्रता लिएको क्यासलले दोस्रो हाफमा समेत २ गोल ग¥यो ।

२१ औं मिनेटमा किशोरको व्यक्तिगत दोस्रो गोलमा क्यासलले ३–१ को अग्रता लियो । २३ औं मिनेटमा शंखमुलका मणि लामाले गोल गर्दै अग्रता घटाएपनि जित हातपार्न भने सकेन् ।

क्यासलका किशोरले ३९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । क्यासललाई उपाधि जिताउन किशोर गुरुङले ह्याट्रिक पुरा गरे । असोज २ गतेदेखि लिग संचालन भएको थियो ।

लिगमा ७ प्रदेशका १० टिमको सहभागिता रहेको थियो । क्यासल लिगको शिर्षस्थानमा रहँदै प्लेअफमा पुगेको हो । प्ले अफमा द राईजिङ क्लब धरानलाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।

विधागत पुरस्कार (नगद २५ हजार रुपैँया र ट्रफि)
उत्कृष्ट आला  : मणि लामा (शंखमुल)
उत्कृष्ट गोलरक्षक : अनिष श्रेष्ठ (कप्तान शंखमुल)
उत्कृष्ट फिक्सो : विजय श्रेष्ठ (फुटसल ५ धरान)
उदियमान खेलाडी : सुमित श्रेष्ठ (स्पोट्र्स क्यासल)
उत्कृष्ट प्रशिक्षक : विष्णु गुरुङ (स्पोट्र्स क्यासल)

उता शंखमुल लिग तालिकाको तेस्रो स्थानको टिम हो । तेस्रो स्थान रहँदै एलिमेटर खेलमा अर्को घरेलुटोली सविन मेमोरियललाई हराउँदै क्वालिफाइमा पुगेको थियो ।

 

क्वालिफाइमा राइजिङलाई नै हराउँदै फाइनल प्रवेश गरेको थियो । लगातार चार खेल खेलेका कारण खेलाडी निकै थकित भएको शंखमुलका प्रशिक्षक प्रकाश परियारले बताए ।

उनले खेलाडीले सोच भन्दा राम्रो खेल खेलेको प्रतिक्रिया दिए । उनले नेपालमै पहिलो पटक वास्तविक फुटसल खेलिएको बताए ।

यस्तै जितसंगै क्यासलका मुख्य प्रशिक्षक विष्णु गुरुङले आफूहरु जितको हकदार भएको प्रतिक्रिया दिए । ‘मलाई मेरो खेलाडीमा विश्वास थियो हामिले उपाधी जित्छौँ भन्नेमा ’उनले भने,‘आजको खेलमा दबाब त थियो नै तर, दर्शकको हौसलाले पनि हामीलाई साथ दियो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->