आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

नवरात्रिमा पूजिने देवीहरुको स्वरुप

नवरात्रिमा पूजिने देवीहरुको स्वरुप


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०७८, शनिबार

पोखरा/

१. प्रतिपदा अर्थात् घटस्थापनाको दिन शैलपुत्रीको आराधना गरिन्छ । हिमालयका पुत्री भएकीले यी भगवतीलाई शैलपुत्री भनिएको हो । साँढेमा बसेकी यी देवीको दाहिने हातमा त्रिशूल र बायाँ हातमा कमलको फूल हुन्छ । पूर्वजन्ममा यिनी प्रजापति दक्षकी छोरीको रूपमा जन्मेकी थिइन् ।

२. नवरात्रीको दोस्रो दिन पूजा गरिने देवीको नाम ब्रहृमचारिणी हो । तपको आराधना गर्ने देवी भनेर यिनलाई ब्रहृमचारिणी भनिएको हो । दायाँ हातमा जपको माला र बायाँ हातमा कमण्डलु हुन्छ ।

३. दुर्गाको तेस्रो शक्तिको नाम चन्द्रघण्टा हो । चन्द्रघण्टा देवीको स्वरूप शान्तिदायक कल्याणकारी भएको मानिन्छ । देवीको १० वटा हात र १० हातमा खड्ग, वाण आदि शस्त्र, अस्त्र हुन्छ ।

४. चौथो दिन पूजा गरिने कुष्माण्डा स्वरुपिणी देवीमा सूर्यको जस्तो तेज र सिंह वाहन हुन्छ । अट्टहासमा बहृमाण्डको सृष्टि र प्रलय हुने भएकोले उनलाई कुष्माण्डा भनिएको हो । आठ हात भएकाले देवीलाई अष्टभुजा पनि भनिन्छ ।

५. पञ्चमीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवती स्कन्दमाता हुन् । कमलको फूलमा आसन गर्ने भएकोले यीनलाई पद्मासना देवी पनि भनिन्छ ।

६. षष्ठीका दिन पूजा गरिने देवीलाई कात्यायनी भनिन्छ । चार हात भएकी यी देवीको वाहन सिंह हो ।

७. फूलपाति दिन पूजा गरिने शक्तिस्वरूपा भगवती कालरात्रि हुन् । उनले कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी अनि कपाल फिजाएकी हुन्छिन् । उनको घाँटीमा बिजुलीजस्तै झल्कने माला हुन्छ । सास फेर्दा पनि आगोको मुस्लो निस्कन्छ ।

८. महाष्टमीका शक्तिस्वरूपा भगवती महागौरीको पूजा गरिन्छ । सेतो वर्ण र सेतो पहिरन गरेकी, वृष अर्थात् गोरुमा सवारी गर्ने चार हात भएकी देवीलाई महागौरी भनिन्छ । यी देवीको माथिल्लो दाहिने हातमा अभयमुद्रा, तल्लो दाहिने हातमा त्रिशूल हुन्छन् भने बायाँ हातको माथिल्लो हातमा डमरु र अर्को बायाँ हातमा वरमुद्रा छन् ।

९. अन्तिम दिन महानवमी हो । नवमीमा पूजा गरिने शक्तिस्वरूपा भगवतीको नाम सिद्धिदात्री हो । उनी कमलको फूलमा बस्छिन् । दाहिनेपट्टिको तल्लो हातमा चक्र, अर्को हातमा गदा तथा बायाँपट्टिको तल्लो हातमा शंख तथा अर्को हातमा कमलको फूल हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->