आर एस विच फुटबल क्लब हेम्जाको आयोजनामा आर.एस. ५ ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । हेम्जामा रहेको अम्मट विच खेलमैदानमा भएको पहिलो खेलमा आयोजक पहेँलोले याम्दी फुटबल क्लबलाई ३–१ गोल अन्तरले हरायो ।
दोस्रो खेलमा चाउथे फुटबल क्लबले अन्नपूर्ण फुटबल क्लबलाई ६–१ को फराकिलो गोलअन्तरले पाखा लगायो । अन्तिम खेलमा समुन्द्र तट्ले लामाचौतारालाई ३–० ले हरायो ।
शनिबार देखि सुरु भएको खेलमा युु–१४, खुल्ला र ३५ वर्ष माथि भेट्रान्स गरी ३ फरक फरक समूहको फुटबल प्रतियोगितामा कुल ३५ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको खुल्ला फुटबल प्रतियोगिताको विजेताले ३५ हजार र उपविजेताले २० हजार रुपैँया प्राप्त गर्नेछन् । ३५ वर्षमाथि भेट्रान्स प्रतियोगिताका विजेताले २० हजार तथा उपविजेताले १२ हजार रुपैँया प्राप्त गर्ने गर्नेछन् । प्रतियोगिता २६ गतेसम्म संचालन हुनेछ ।





