बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

खास लाल गद्धार दश भाई हुन् : मन्त्री श्रेष्ठ

खास लाल गद्धार दश भाई हुन् : मन्त्री श्रेष्ठ


  • ढोरपाटन संवाददाता
  • असोज २४ २०७८, आइतबार

तनहुँ/पार्टी विभाजनका लागी सर्वोच्चमा लाम लागेर हस्ताक्षर गर्ने तर अहिले केपी ओलीको नजिक भएका दश भाईलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ ‐किसान) ले लाल गद्धार भएको आरोप लगाएका छन् । उनले नेकपा एमाले छाडेर एकिकृत समाजवादीमा गएपछि आफुलाई लालगद्धार भनिएकोमा आपत्ति जनाउदै पार्टी विभाजनका लागी हौस्याउनेहरु वास्तविक लाल गद्धार भएको अभिव्यक्ति दिए ।

गृह जिल्ला तनहुँमा रहेका मन्त्री श्रेष्ठले शुक्लागण्डकी उद्योग वाणिज्य संघले आईतबार आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै भने, ‘विशुद्ध संविधानको रक्षा, सर्वोच्च अदालतको सम्मान र पाँच बर्षका लागि जनताले दिएको अमुल्य मतलाई कदर गर्दै उभिएको हुँ । नेपाली कांग्रेसलाई भोट हालेको होईन् । दुई पटक संसद विघटन गर्दा पनि सच्चिनछन् की भनेर त्यतै उभिईरहेको थियो । साईबर स्यालहरुले मलाई लाल गद्धार भनेका छन् । मैले केही गद्धारी गरेको छैन् । गद्धारी त लामबद्ध भएर सर्वोच्च अदालतमा आफ्नै पार्टीको सरकार ढाल्न सहयोग गर्ने अहिले केपी ओलीको साखिल्ले भएर काम गरिरहेकाहरु हुन् ।’

आफुहरुले पार्टी फुटाएको नभई विद्रोह गरेको मन्त्री श्रेष्ठको भनाई छ । उनले एकिकृत समाजवादी सच्चा पार्टी बनाएको जिकिर समेत गरे । जिल्लाबासीको प्रतिष्ठा उच्च हुने गरेर काम गर्ने उनको दाबी छ । आफ्नो पार्टी सरकारमा भएको बेला शुक्लाण्डकीका भुमिहीन सुकुम्बासीका लागी लालपुर्जा उपलब्ध गराउने प्रतिबद्धता समेत मन्त्री श्रेष्ठले जनाए । सम्बोधनको अधिकांश समय उनले मन्त्री भएर आफुले गर्नेको कामको फेहरिस्त प्रस्तुत गर्नुको सट्टा नेकपा एमाले र आफुलाई लालगद्धार भन्नेहरुलाई स्पष्टीकरण दिन खर्चिए ।

गण्डकी प्रदेशसभा सदस्य आशा कोईरालाले नेपालमा श्रम रोजगार र सुरक्षामा देखिएको समस्या हटाउन मन्त्री श्रेष्ठलाई अनुरोध गरिन् । परम्परागत विकृती हटाएर जनताले अनुभुती गर्ने गरी काम गर्न उनको सुझाव छ ।
शुक्लागण्डकी–५ का वडाध्यक्ष दिर्घबहादुर थापाले कोरोनाको कारण वैदेशिक रोजगारमा गएकाहरु रोजगारी गुमाएर स्वदेश फर्किएकाले उनीहरुको हितमा काम गर्नुपर्नेमा जोड दिए ।

शुक्रबार साँझ मन्त्री पदको सपथ ग्रहण गरेर कार्यभार सम्हालेका उनी शनिबार विहानै सडक मार्ग हुदै तनहुँ आएका थिए । शक्ति प्रदर्शन सहित मुग्लिन हुदैँ दमौली आएका मन्त्रीलाई बाटोमा समेत बधाई थाप्न भ्याईनभ्याई थियो । शनिबार दिउँसो एकिकृत समाजवदाीले गरेको भेलालाई सम्बोधन गरे । आईतबार पनि बधाई थाप्न विभिन्न कार्यक्रममा सहभागी भएका छन् ।

शुक्लागण्डकी उद्योग वाणिज्य संघले आईतबार नै तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक उमेशराज मैनाली, शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिला बल्लभ न्यौपानेलाई स्वागत गरेको थियो ।

प्रजिअ अर्यालले जिल्लामा शान्ति सुरक्षा चुस्त दुरुस्त पारेर आम नागरिकले पनि भुमिका निर्वाह गर्नुपर्ने बताए । प्रहरी उपरिक्षक मैनालीले सुरक्षित रहेर चाडपर्व मनाउन आग्रह गरे ।
शुक्लागण्डकीका प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले सबैसँग सहकार्य गरेर अगाडी बढ्ने बताए ।
शुक्लागण्डकी उद्योग वाणिज्य संघका अध्यक्ष हरिकुमार श्रेष्ठले व्यवसायीले नियमसंगत काम गर्नुपर्नेमा जोड दिए ।
दशैँ, तिहार, छठपर्वको अवसरमा शुभकामना आदनप्रदान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->