तनहुँ/ चितुवाले आक्रमण गर्दा तनहुँमा एक बालिकाको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्याङकी ९ वर्षीया बालिका स्विकृति थापा मगरको सोमबार साँझ ६ बजेतिर चितुवाले आक्रमण गर्दा मृत्यु भएको वडाध्यक्ष ध्रुवप्रसाद लामिछानेले बताए ।
छिमेकीको घरमा जाने क्रममा बाटोमा चितुवाले आक्रमण गरेको हो । उनको शव जंगलमा फेला परेको हो । घाँटीमा चोट देखिएको वडाध्यक्ष लामिछानेले बताए । तनहुँमा चार बर्षदेखि चितुवाको आक्रमण निरन्तर छ । फागुन २०७४ देखि हालसम्म ११ जना बालबालिकाले चितुवाको आक्रमणमा परी ज्यान गुमाएका छन् ।





