आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आरएसकपको उपाधी बुद्धचोक र ब्लु डेविललाई

आरएसकपको उपाधी बुद्धचोक र ब्लु डेविललाई


  • ढोरपाटन संवाददाता
  • असोज २६ २०७८, मंगलबार

पोखरा, २६ असोज, आरएस विच फुटबल क्लबको आयोजनामा भएको प्रथप आरएस कप फुटबलको उपाधी बुद्धचोक एसोसिएसन र ब्लु डेविल गैह्रापाटनले जितेको छ ।

पोखरा २५ हेम्जा स्थित आरएस विच फुटबल मैदानमा भएको प्रथम आरएस ५ ए साइड फुटबल प्रतियोगिताको खुल्ला तर्फको उपाधी बुद्धचोकले उचालेको छ ।

आयोजक आरएस विच फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै उपाधि हात पारेको हो । उपाधीसंगै बुद्धचोकले नगद २५ हजार रुपैँयाको साथमा ट्रफि र मेडल प्राप्त गरे ।

यस्तै उपविजेतामा सिमित आयोजकले १५ हजार रुपैँंयामा प्राप्त ग¥यो । उता यु–१४ तर्फ भएको प्रतियोगिताको उपाधी ब्लु डेविल गैह्रापाटनले उचालेको हो ।

विष्णु पादुका फुटबल एकेडेमीलाई १–० ले हराउँदै उपाधी जित्न सफल भएको हो । ब्लु डेविलले नगद ८ हजार रुपैँया प्राप्त ग¥यो भने उपविजेता विष्णुपादुकाले ५ हजार रुपैँया प्राप्त ग¥यो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->